आइतवार, फाल्गुन १७, २०८२ | March 1, 2026

स्वार्थभन्दा माथि उठ्नुपर्नेमा जोड

स्वार्थभन्दा माथि उठ्नुपर्नेमा जोड

  • Naveen Sanchar

  • शनिबार, फाल्गुन १६, २०८२

  • 82
    Views
स्वार्थभन्दा माथि उठ्नुपर्नेमा जोड

-नवीनसञ्चार सम्वाददाता
कीर्तिपुर । राजनीतिक दलले दलीय स्वार्थ मात्र नहेरी नागरिक र देशको सर्वोपरी हितलाई ध्यानमा राख्नुपर्ने कीर्तिपुरमा शनिबार आयोजित एक कार्यक्रमका वक्ताले जोड दिनुभएको छ । नेपाल प्रथम अभियानद्वारा त्रिभुवन विश्वविद्यालको केन्द्रीय पुस्तकालय सभाकक्षमा आयोजित राजनीतक दलको घोषणपत्रमाथि परिचर्चा कार्यक्रमका वक्ताले सो कुरा बताउनुभएको हो । समारोहमा राष्टिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, शिक्षाविद् डा. विद्यानाथ कोइराला र त्रिवि इतिहास केन्द्रीय विभागका पूर्व विभागीय प्रमुख प्रा.डा. बद्रीनारायाण गौतमले आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । साथै सहभागीका जिज्ञासा समाधान गर्नुभएको थियो । कार्यक्रममा अभियानका राष्टिय संयोजक नारायण प्रसाद ढकाल, प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय सङ्गठन सचिव रमेश कण्डेल लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha