बिहिबार, फाल्गुन १४, २०८२ | February 26, 2026

मलेसियाको पेनाङमा अलपत्र ठाडामगर सकुशल नेपाल फिर्ता

मलेसियाको पेनाङमा अलपत्र ठाडामगर सकुशल नेपाल फिर्ता

  • Naveen Sanchar

  • बुधबार, फाल्गुन १३, २०८२

  • 33
    Views
मलेसियाको पेनाङमा अलपत्र ठाडामगर सकुशल नेपाल फिर्ता

-नवीनसञ्चार सम्वाददाता
मलेसिया ।
नेपालको स्याङ्जा जिल्लास्थित मल्याङकोट घर भई विगत ८ वर्षदेखि अवैधानिक रूपमा मलेसियाको पेनाङ राज्यमा रही अलपत्र पर्नुभएका झल बहादुर ठाडामगर सकुशल नेपाल फिर्ता हुनुभएको छ । नेपाली दूतावास र नेपाली जनसम्पर्क समिति मलेसियाको सहयोगमा बिरामीलाई सकुशल नेपाल जाने व्यवस्था गरी परिवारको जिम्मा लगाइएको हो।ठाडामगर केही समयअघि बिरामी भई हिँडडुल गर्न तथा बोल्न नसक्ने अवस्थामा पुग्नु भएको थियो। उहाँलाई पेनाङबाट क्वालाम्पुर ल्याई आवश्यक पक्रिया पूरा गरी नेपाल पठाइएको नेपाली जनसम्पर्क समिति मलेसियाका सभाति चोलाकान्त पंगेनीले बताउनुभयो । उद्धार गरिदिएकोमा ठाडामगरका परिवारजनले सहयोगी जनसम्पर्क समिति लगायत सहयोगी नेपाली समुदायलाई धन्यवाद दिनुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha