बुधबार, फाल्गुन १३, २०८२ | February 25, 2026

दक्षिण कोरियामा दीपक चौधरी सम्पर्कविहीन, खोजीमा सहयोग गर्न आग्रह

दक्षिण कोरियामा दीपक चौधरी सम्पर्कविहीन, खोजीमा सहयोग गर्न आग्रह

  • Naveen Sanchar

  • मङ्लबार, फाल्गुन १२, २०८२

  • 67
    Views
दक्षिण कोरियामा दीपक चौधरी सम्पर्कविहीन, खोजीमा सहयोग गर्न आग्रह
-नवीनसञ्चार सम्वाददाता
दक्षिण कोरिया ।
नेपालको कञ्चनपुर जिल्लास्थित बेलौरी नगरपालिका वडा नं. ५, घर भई  विगत ८ वर्षदेखि दक्षिण कोरिया (충청남도 당진시, 합덕읍 버그내 2길 31-9) मा कार्यरत ३५ वर्षीय दीपक चौधरी  फेब्रुअरी २० तारिख दिउँसो १:२० बजे देखि सम्पर्क विहीन हुनु भएको छ। उक्त दिनदेखि निरन्तर खोजी कार्य भइरहे पनि हालसम्म उहाँको अवस्था सम्बन्धी कुनै जानकारी प्राप्त हुन सकेको छैन। परिवारको आग्रह अनुसार स्थानीय कोरियन प्रहरी कार्यालयमा समेत खोजतलासका लागि निवेदन दिइसकिएको थारू कल्याणकारिणी सभा कोरियाले जनाएको छ ।  सम्पूर्ण कोरियावासी नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई खोजी कार्यमा आवश्यक सहयोग गरिदिनुहुन सभाले अनुरोध गरेको छ । कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा परिवारजनलाई तुरुन्त जानकारी गराइदिनुहुन अनुरोध गरिएको छ ।
सम्पर्क व्यक्ति
ईन्द्र चौधरी (गाउँले) – 010-9948-0128


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha