आइतवार, फाल्गुन १०, २०८२ | February 22, 2026

पोर्चुगलमा नेपाली समुदाय र परराष्ट्र सचिव राईबीच अन्तरक्रिया

पोर्चुगलमा नेपाली समुदाय र परराष्ट्र सचिव राईबीच अन्तरक्रिया

  • Naveen Sanchar

  • शनिबार, फाल्गुन ९, २०८२

  • 13
    Views
पोर्चुगलमा नेपाली समुदाय र परराष्ट्र सचिव राईबीच अन्तरक्रिया

-नवीनसञ्चार सम्वाददाता
पोर्चुगल ।
नेपाल–पोर्चुगलबीचको द्विपक्षीय परामर्श संयन्त्रको उच्चस्तरीय बैठकका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव अमृतबहादुर राई पोर्चुगल आउनु भएको छ । सो अवसरमा नेपाली समुदायसँग अन्तरक्रिया कार्यत्रलम लिस्बनमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल–पोर्चुगलबीचको दीगो तथा पारस्परिक सम्बन्ध विस्तार, द्विपक्षीय हितलाई ध्यानमा राखी व्यापार तथा लगानी सहकार्यको सम्भावना, साथै युरोपका विभिन्न मुलुकमा रहेका नेपालीको समस्यामाथि नेपाल सरकारको अभिभावकत्व र जिम्मेवारीबारे आफ्ना धारणा तथा सुझाव सचिव राईसमक्ष नेपालीले राख्नुभएको थियो ।
विशेषगरी, डायस्पोरामा रहेका लाखौँ नेपालीको भावना समेट्दै गैरआवासीय नेपाली नागरिकताको विषयलाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता र “एक पटकको नेपाली, सधैंको नेपाली” , नागरिकताको निरन्तरताको एनआरएनएको मागबारे पनि ध्यानाकर्षण गराइएको थियो । नेपाल सरकारले प्रवासमा रहेका नेपालीहरूको माग र अपेक्षालाई सुन्ने मात्र होइन, व्यवहारमा कार्यान्वयनतर्फ पनि अग्रसर हुने अपेक्षा समारोहमा व्यक्त गरिएको थियो । पोर्चुगल भ्रमणका अवसरमा सचिव राईले लिस्बनस्थित नेपाली दूतावासको उद्घाटन समेत गर्नुभएको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha