आइतवार, बैशाख १३, २०८३ | April 26, 2026

क्यानडामा फुड ड्राइभ कार्यक्रम हुने

क्यानडामा फुड ड्राइभ कार्यक्रम हुने

  • Naveen Sanchar

  • शनिबार, फाल्गुन ९, २०८२

  • 108
    Views
क्यानडामा फुड ड्राइभ कार्यक्रम हुने

-नवीनसञ्चार सम्वाददाता
क्यानडा ।

गैर-आवासीय नेपाली संघ(एनआरएनए) क्यानडाद्वारा आयोजित  ‘Delight of Sharing Together’ फुड ड्राइभ कार्यक्रमको सम्पूर्ण तयारी सम्पन्न भएको छ। विभिन्न  संघ-संस्थाको सहयोग एवं सहकार्यमा सञ्चालन हुन लागेको फुड ड्राइभ कार्यक्रमको  लागि हालसम्म  ४० जना व्यक्तिले अनलाइनमार्फत दर्ता गरिसक्नुभएको छ। साथै, खाद्य सहयोग आवश्यक व्यक्ति तथा परिवारका लागि पनि ढोका खुला रहने एनआरएनए, क्यानडाले जनाएको छ । अनलाइनमार्फत दर्ता नगर्नुभएका व्यक्तिले उल्लेखित समयमा उपस्थित भई खाद्य सामग्री प्राप्त गर्न सक्नुहुनेछ। खाद्य सामग्री वितरण कार्यक्रम दिउँसो १:०० बजेदेखि सुरु भई ४:०० बजेसम्म सञ्चालन हुनेछ। सहभागी सबैको विवरण गोप्य राखिने भएकाले आवश्यक सबैले नहिचकिचाई सहभागिता जनाउन सक्ने एनआरएनए, क्यानडाका वरिष्ठ उपाध्यक्ष सन्तोष दाहालले बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha