शनिबार, फाल्गुन ९, २०८२ | February 21, 2026

दक्षिण कोरियाका लागि नेपाली राजदूत तुम्बाहाम्फे सियोलमा सम्मानित

दक्षिण कोरियाका लागि नेपाली राजदूत तुम्बाहाम्फे सियोलमा सम्मानित

  • Naveen Sanchar

  • शनिबार, फाल्गुन ९, २०८२

  • 45
    Views
दक्षिण कोरियाका लागि नेपाली राजदूत तुम्बाहाम्फे सियोलमा सम्मानित

-नवीसञ्चार सम्वाददाता

दक्षिण कोरिया । दक्षिण कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर अवार्ड २०२६’ बाट सियोलमा सम्मानित हुनुभएको छ । नेपाल र दक्षिण कोरियाबिचको सम्बन्ध सुदृढ महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा राजदूत तुम्बाहाङ्फेलाई सो अवार्ड प्रदान गरिएको हो । समारोहमा अवार्ड ग्रहण गरेपछि राजदूत तुम्बाहाङ्फेले नेपाल र कोरियाबीचको द्विपक्षीय सम्बन्ध भविष्यमा थप प्रगाढ बनाउन निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाउनुभयो । नेपाली राजदूत सम्मानित भएपछि दक्षिण कोरियामा रोजगारीका निम्ति जानुभएका नेपाली समुदायले खुशी व्यक्त गर्नुभएको छ । यो सम्मान राजदूतलाई मात्र नभई नेपाल र नेपालीलाई दिइएको कोरियामा कार्यरत एक नेपालीले बताउनुभयो । दक्षिण कोरियास्थित विभिन्न देशका ११६ दूतावास  तथा कूटनीतिक नियोगमध्ये नेपाल सहित तीन देशका राजदूतलाई सम्मानका निम्ति छनोट गरिएको थियो । कोरिया वैदेशिक रोजागरीका लागि नेपालीको गन्तव्य बनेको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha