बिहिबार, फाल्गुन ७, २०८२ | February 19, 2026

कीर्तिपुर प्रहरीद्वारा एक हजार पाँच सय लिटर अवैध जॉड–रक्सी नष्ट

कीर्तिपुर प्रहरीद्वारा एक हजार पाँच सय लिटर अवैध जॉड–रक्सी नष्ट

  • Naveen Sanchar

  • बिहिबार, फाल्गुन ७, २०८२

  • 16
    Views
कीर्तिपुर प्रहरीद्वारा एक हजार पाँच सय लिटर अवैध जॉड–रक्सी नष्ट

-नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । कीर्तिपुर प्रहरी वृत्तले नगर क्षेत्रका खाजा पसलमा बिक्री वितरणका लागि राखिएका अखाद्य  तथा अवैध मदिराजन्य वस्तु, जॉड–रक्सी र कच्चा पदार्थ नियमितरुपमा बरामद र नष्ट गर्दै आएको छ । चोभार र खत्रीछापका विभिन्न पसलबाट करिब १ हजार ५ सय लिटर जॉड–रक्सी र तयारी अवस्थामा रहेको कच्चा पदार्थ कट्समेत बरामद गरी नष्ट गरिएको छ ।
बिहीबार दिउँसो जनप्रतिनिधि तथा संचारकर्मीको रोहवरमा वागमती नदी किनारमा नष्ट गरिएको कीर्तिपुर प्रहरी वृत्त प्रमुख डिएसपी शिवकुमार बुढाथोकीले नवीनसञ्चारलाई बताउनुभयो । बजार क्षेत्रमा जथाभावी अस्वस्थकर मदिराजन्य पदार्थको बिक्री वितरणले समाज एवं सर्वसाधारणको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने गरेकाले त्यस्ता कार्य गर्न, गराउन पूर्णरुपमा नियन्त्रण र कडाई गरिएको उहॉले बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha