-नवीनसञ्चार सम्वाददाता
दक्षिण कोरिया । नेपालको ओखलढुंगा जिल्लाबाट वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया आउनुभएका नेपालीको साझा मञ्च ओखलढुंगा सेवा समाज, दक्षिण कोरियाले प्रवासी नेपाली समुदायको हकहितमा सशक्त र प्रभावकारी रुपमा कार्य गर्ने निर्णय गरेको छ । साथै दक्षिण कोरियामा रहेर समेत मातृभूमि नेपालको सेवा गर्ने सम्बन्धमा छलफल भएको छ । समाजको छेठँौ अधिवेशनले सो निर्णय गरेको हो । अधिवेशनले निल कुमार नापो राईको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । संस्थाको नवगठित कार्यसमितिका पदाधिकारी देहाय बमोजिम रहनुभएको छ ।
अध्यक्ष : निल कुमार नापो राई
वरिष्ठ उपाध्यक्ष : रमेश श्रेष्ठ
महिला उपाध्यक्ष : सविना राई
उपाध्यक्ष : रबिन तामाङ
महासचिव : आदित्य आले मगर
सचिव : दिल राई
कोषाध्यक्ष :रन्जित लामिछाने गुरुङ
सह-कोषाध्यक्ष :उर्मिला राई
सदस्य :सुरेश सुनुवार
सदस्य :विवस मगरात
सदस्य : सन्तोष धमला
सदस्य :दिनेश मगर
सदस्य :डोरबहादुर मगर