मङ्लबार, भदौ २, २०८३ | August 18, 2026

सुरक्षा निकायका प्रमुखसँग निर्वाचन सुरक्षा व्यवस्थाबारे आयोगको छलफल

सुरक्षा निकायका प्रमुखसँग निर्वाचन सुरक्षा व्यवस्थाबारे आयोगको छलफल

  • Naveen Sanchar

  • सोमवार, फाल्गुन ४, २०८२

  • 100
    Views
सुरक्षा निकायका प्रमुखसँग निर्वाचन सुरक्षा व्यवस्थाबारे आयोगको छलफल

– नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थाको तयारी तथा निर्वाचनमा मानव अधिकारको संरक्षण सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारका चार वटै सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीसँग छलफल गरेको छ ।
छलफलको क्रममा आयोगका माननीय अध्यक्ष तपबहादुर मगरले निर्वाचनमा मतदाता, उम्मेदवार, पर्यवेक्षक, अनुगमनकर्ता तथा निर्वाचनमा खटिने सम्पूर्ण कर्मचारीको सुरक्षा व्यवस्था र मानव अधिकार संरक्षणको लागि भएका कार्यहरू सम्बन्धमा जानकारी गराउन अनुरोध गर्नु भएको थियो । कार्यक्रममा सुरक्षा निकायलाई आवश्यक पर्ने सहायता सामग्रीको कमीका बाबजुद निर्वाचन सम्पन्न गराउनका लागि सुरक्षा निकायबाट उच्च मनोबलका साथ तयारी भइरहेको सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीले बताउनु भयो ।
कार्यक्रममा आयोगका माननीय सदस्यहरु, सचिव, नेपाली सेनाका रथी, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख समेतको उपस्थिति रहेको थियो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न सुरक्षानिकायलाई आवश्यक सञ्चार, सुरक्षा र यातायात लगायत निर्वाचन सुरक्षा सम्बन्धी सामग्रीहरुको यथोचित व्यवस्था मिलाउन आयोगले नेपाल सरकारलाई निर्देशन समेत गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha