
दोहा, कतार । बिगत पाँच वर्ष देखि कतारमा संचालनमा आएको भिक्टोरिया गोल्ड एन्ड डायमन्डको पाँचौ नँया शाखा आधुनिक सेवा, सुबिधा सहित अलखोरमा खुलेको छ। गत शुक्रबारका दिन एक भब्य उद्घाटन कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा सञ्चालन सुरु गरेको छ। ब्यबसायी एवंम् गोल्ड माईननिंग बुलिएण्ड ट्रेडिंगका प्रमुख अब्दुल रहमान एम.एच. अबुलोलाले रिबन काटेर समुद्घाटन गरेका थिए । सुन–चाँदीको खुद्रा तथा थोक बिक्रि वितरण गरिने शोरुम अल खोरको सफारी मार्केट नजिकै रहेको डाउन टाउनको ग्राउन्ड फ्लोरमा पहिलो पटक नेपाली गर- गहना पसलका रुपमा सुरुवात गरिएको हो ।अन्य मुलुकका ग्राहकहरु समेत भएता पनि नेपालीहरु को सबैभन्दा रोजाईमा भिक्टोरिया गोल्ड एन्ड डायमन्ड नै पर्ने गर्दछ ।
अलखोर लगाएतका वरपरका क्षेत्रहरु मा नेपालीहरु को बाक्लो बसोबास रहेको हुनेले नेपाली ग्राहकहरु लाई सुनका गर-गहनाका लागि दोहा आउनु पर्ने भएकाले ग्राहकको माग लाई मध्यनजर गर्दै थप सुबिधा सहित अल्खोरमा नै शाखा संचालनमा ल्याईएको हो । शुद्दता अनि बिश्वशानियताको प्रतिकका रुपमा मानिएको शोरुम, ग्राहकलाई विभिन्न सुबिधाहरु प्रदान गर्दै आएको छ । सुनका गहनाहरु समय अनुसार डिजाइनहरु परिबर्तन हुने गर्दछन । उक्त नयाँ डिजाईन चाहिएमा पुरानो गहनालाई लिएर नयाँ दिने गरेको छ । तर ग्राहकले खरिद गरेको बिल अनिवार्यरुपमा देखाउनु पर्ने हुन्छ । मासिक रुपमा किस्ता जम्मा गरेर समेत सुन किन्न पाईने ब्यबस्था गरिएको छ ।
उद्घाटन कार्यक्रममा नेपालीहरु को बाक्लो उपस्थिति रहेको थियो । समुदायका विभिन्न प्रतिनिधि, व्यवसायी, मिडिया तथा सामाजिक व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो। भारतीय मिडियाकर्मीहरु द्वारा कार्यक्रम प्रतक्ष्य प्रसारण समेत गरिएको थियो । नेपालमा प्रचलित आधुनिक डिजाईनका हरेक गरगहनाहरु नेपाली दक्ष कारिगर द्वारा तयार गर्ने गरिन्छ । व्यवसाय सुरु भएको पाँच वर्षमै १०० भन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी दिन सफल भिक्टोरियाले अलखोर शोरुममा २० जना कर्मचारी रहने जनाएको छ। हाल कम्पनीले सिंगापुर, दुबई र स्विट्जरल्यान्डबाट सुन आयात गर्दै आएको छ।यहि वर्ष भित्र युके,अस्ट्रेलिया, नेपाल लगायतका मुलुकहरु मा नयाँ शोरुम बिस्तार गर्ने योजना रहेको संचालक मोहम्मद फैजिल भिक्टोरियाले जानकारी दिएका छन् । नेपाली समुदायको साथ र सपोर्टले गर्दा नै आज भिक्टोरिया यो मुकाममा पुगेको तथा नेपाली समुदाय प्रति सदैव कृतज्ञ रहने बताएका छन्।