सोमवार, चैत्र २३, २०८२ | April 6, 2026

“के यो माया हो” संगै झुमे दर्शक प्लानेट लाउन्ज एण्ड क्लबमा

“के यो माया हो” संगै झुमे दर्शक प्लानेट लाउन्ज एण्ड क्लबमा

  • रोशन अर्याल संवाददाता नबिन संचार, कतार ।

  • शनिबार, साउन २५, २०८२

  • 780
    Views
“के यो माया हो” संगै झुमे दर्शक प्लानेट लाउन्ज एण्ड क्लबमा

रोशन अर्याल
संवाददाता
नबिन संचार
दोहा,कतार : नेपालको युवा पुस्ताहरु अत्यन्तै रुचाईएको सुप्रसिद्द ब्याण्ड “बि-8एट” ले गत ८ अगष्ट, शुक्रबार राति प्लानेट लाउन्ज & क्लबमा प्रस्तुति दिएका छन् । रातको ११ बजे स्टेजमा चढेका राजीव चित्रकार,गुर्मे दोर्जे लामा, सामडेन नोर्बु लामा,अमित डंगोलले “के यो माया हो” बाट शुरुवात गर्दै दर्शकहरु झुमेका थिए । लोभलाग्दो दर्शकहरु को उपस्थिति रहेको‘प्लानेट लन्ज एन्ड क्लबमा “हुटिंग र वान्स मोर” ले ब्याण्ड निकै उत्साहित हुदै प्रस्तुतिहरु संगै साँगीतिक तृप्ति मेटाएका थिए । ब्याण्ड ले क्रमस:आँखाको बाटो,कलिकती,मैच्यांग,हल्का हल्का,यसरि नै,लाग्दैन,सुनचादी जस्ता लोकप्रिय गीतहरू संगै नया पुराना गितहरु प्रस्तुत गरेका थिए । यस लगतै आज साँझ दुबईमा सांगीतिक कार्यक्रम रहेकाले प्रस्तुतिका लागि प्रस्थान गर्ने बताएका छन् ।

कतारमा स्थापित व्यवसायी तथा एसियाना दोहोरी साँझ तथा गजल बारका सञ्चालक समेत रहेका प्रविन गुरुङले सञ्चालनमा ल्याएको उक्त क्लबमा यो भन्दा आगाडी क्लबले नेपालका प्रख्यात ब्याण्डहरु ल्याएर दर्शकहरु लाई मनोरन्जन दिने गरेको छ । सयौंलाई रोजगारी प्रदान गरेका प्रतिष्ठित ब्यबसायीका रुपमा चिनिने ब्यबसायी गुरुङले दुबई स्थित अबुदाबिमा हाल एसियाना दोहोरी साँझ तथा गजल बार संचालनमा ल्याउन लागेको हामिलाई जानकारी दिएका छन् । पुन:नेपालबाट अरु कलाकार आमन्त्रण गरेर अरु साँगीतिक कार्यक्रम गरिने जानकारी क्लबका ब्यबस्थापक रोशन सुबेदीले दिएका छन् ।  


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha