
नबिन संचार ताबुक साउदी अरव
गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति ताबुक द्वारा आयोजित इस्लामिक पर्व ईद अल अधाको उपलक्ष्यमा बृहत सांगितिक कार्यक्रम २०२४ मा नेपालबाट चर्चित राष्ट्रिय कलाकारद्वय गायक टंक बुढाथोकी र गायिका प्रिती आले साथै स्थानीय कलाकारज्युहरुको उपस्थितिमा यहाँ स्थित सम्पुर्ण नेपालीजन तथा अन्य देशका ब्यक्तिहरुको समेतको पूर्ण सहयोगमा अत्यन्तै भव्य र सव्य रुपमा सफलतापूर्बक कार्यक्रम सम्पन्न भएको छ l
गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति ताबुकका अध्यक्ष नर बहादुर खतिवडाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो lप्रमुख अतिथिमा नेपाली महावाणिज्यदूतावास जेद्दा साउदी अरबियाका कार्यवाहक महावाणिज्यदूत महामहिम शत्रुधन पोखरेल , बिशिस्ट अथितिहरु गैर आवसिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद, मध्यपुर्व संयोजक तथा नेपाल सरकारद्वारा साउदी अरबियाका पर्यटन दुत राजेन्द्र अर्याल, गैर आवासिय नेपाली संघ, अन्तरास्ट्रिय समन्वय परिषदका वर्तमान सदस्य साथै ग्लोबल आइ एम इ बैंक मध्यपुर्व प्रमुख राम क्षेत्री,रा. प्र. पा. पानस का वर्तमान अध्यक्ष कुबेर हुमागाइ , अथितिहरु गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, साउदी अरबियाका सल्लाहकार साथै क्षेत्रीय समन्वय समिती ताबुकका सस्थापक भक्त बहादुर हमाल ,गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, साउदी अरबियाका सल्लाहकार साथै क्षेत्रीय समन्वय समिती ताबुकका सल्लाहकार अर्जुन थापा, गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदका प्रवक्ता देवि बहादुर सुतारकार्की , गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदका सदस्य युवराज पोखरेल साथै गैर आवासिय नेपाली संघ, क्षेत्रीय समन्वय समिती ताबुकका कार्यसमितिका पदाधिकारीहरु उपाध्यक्ष ओम थापा, सचिब बुद्धि प्रसाद बास्तोला कोषाध्यक्ष दिपक कार्की, सह कोषाध्यक्ष प्रकाश थापा, प्रवक्ता शक्ति भट्ट, युवा संयोजक बिक्रम तिमल्सिना , सदस्यहरु बिकास झा, आइ बी गुरुङ, राजेश सिर्पाली,सुमन कार्कीहरुको उपस्थिति रहेको थियो।कार्यक्रममा साउदी अरबमा रहनुहुने बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु, एन.आर.एन.ए. का प्रतिनिधिहरु, भातृ संगठनका प्रतिनिधिहरु, समाजसेबीहरु, बुद्धिजिबीहरु ,संचारकर्मीहरु साथै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा चर्चित गायक टंक बुढाथोकी र चर्चित गायिका प्रिती आलेले पहिलो पटक साउदी अरबको ताबुकमा धमाकेदार बेजोड प्रस्तुति दिएका थिए भने स्थानीय कलाकारहरुले पनि आ आफनो बेजोड प्रस्तुति दिएर कार्यक्रम थप मनोरञ्जनात्मक बनाएका थिए।
(स्थानीय कलाकारहरु – योगेश भण्डारी ,जानकी सुनुवार ,बिरेन्द्र चौधरी ,बिनिषा बास्तोला ,निर्मला गुरुङ ,गुप्ता बिक ,सञ्जीव राजकोटी मगर,इन्द्रबहादुर थापा र रन्जित ठोकर)
कार्यक्रममा उपस्थित दर्शकहरुको भनाइ अनुसार कार्यक्रम अतन्त्यै मनोरञ्जनात्मक थियो। कलाकारद्वय लाई आयोजकको तर्फबाट मायाको चिनोले समेत सम्मान गरिएको थियो ।
कार्यक्रम को संचालन प्रवक्ता शक्ति भट्ट र रितिका खतिवडा बाट संयुक्त रुपमा गरीएको थियो। लामो दुरिबाट आउनुपर्ने भएकोले दर्शक महानुभावहरु कार्यक्रममा उपस्थिति हुन केहिबेर ढिला भएकाले निर्धारित समय भन्दा ढिलो सुरुवात भएता पनि समयमै सम्पन्न भएको थियो।
कार्यवाहक महावाणिज्यदूत महामहिम शत्रुधन पोखरेलले यो कार्यकम ताबुक क्षेत्रको लागि मात्र नभइ महावाणिज्यदूतावासको कार्यक्षेत्र भरिको पहिलो एतिहासिक कार्यक्रम साबित भएको बताउनु भयो साथै आयोजक टिम र उपस्थित सम्पुर्ण दर्शक महानुभावहरुलाइ हार्दिक धन्यवाद पनि व्यक्त गर्नुभयो। यसैगरी विशिष्ट अतिथी र प्रमुख अतिथीज्युहरुले आ आफ्नो छोटो मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको अन्त्यमा कार्यक्रम सफल बनाउन अहोरात्र खट्नुहुने सम्पूर्ण टिमलाई सभापतिज्यूले हार्दिक धन्यवाद दिएर कार्यक्रमको औपचारिक समापन गर्नु भएको थियो।