शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

चर्चित गायक प्रमोद खरेल रियादमा आउदै

चर्चित गायक प्रमोद खरेल रियादमा आउदै

  • Naveen Sanchar

  • शुक्रबार, चैत्र ९, २०८०

  • 350
    Views
चर्चित गायक प्रमोद खरेल रियादमा आउदै

देबी बहादुर कार्की नवीन सञ्चार साउदी अरव  
नेपाली सांगीतिक जगतका चम्किलो नक्षत्रका रुपमा स्थापित चर्चित, भर्सटायल गायक प्रमोद खरेल साउदी अरवको रियाद मा आउने भएका छन् ।

झापाली समाज साउदी अरब द्दारा यही आउँदो १२ अप्रिल २०२४ का दिन समाजको दोस्रो महाधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदानको कार्यक्रम मा गायक खरेल आउँन लागेका हुन्। कार्यक्रमको मुख्य उद्देश्य गरिब, मेधावी र प्रतिभावान विद्यार्थीको शैक्षिक उन्नयनमा अविछिन्न सहयोग,झापाली समाजको प्रस्तुति शिक्षामा वार्षिक छात्रबृत्तिको लागि अक्षयकोष स्थापना रहेको समाजका अध्यक्ष राजेन्द्र थापाले बताउनु भयो। समाजले साउदी अरवमा रहनु हुने एनआरएनए लगायत, भात्रीसंगठन बिभिन्न क्रियासिल नेपाली संस्था प्रतिनिधि हरुलाई कार्यक्रम सभ्य भव्य बनाउन उपस्थिति लागि हार्दिक आव्वान गर्दछ। साथमा नेपाली डान्स समुहको बेजोड प्रस्तुति रहने छ ।

कार्यक्रम हुने स्थान मिति र समय

मिति १२ अप्रिल २०२४ शुक्रबार
समय बिहान १०, बजे देखि
स्थान रियाद एक्जिट ९ सोनामर्केट पछाडि

झापाली समाज साउदी अरब परिवार

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha