बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

भूकम्पबाट प्रभावित क्षेत्रका किशोरी तथा शिक्षिकाहरूलाई सेनेटरी प्याड बितरण

भूकम्पबाट प्रभावित क्षेत्रका किशोरी तथा शिक्षिकाहरूलाई सेनेटरी प्याड बितरण

  • Naveen Sanchar

  • शनिबार, पुस १४, २०८०

  • 157
    Views
भूकम्पबाट प्रभावित क्षेत्रका किशोरी तथा शिक्षिकाहरूलाई  सेनेटरी प्याड बितरण

नवीनसञ्चार सम्वाददाता

जाजरकोट:-गैर आवासीय नेपाली संघ (एनआर एन ए), किर्गिजस्तान शाखाको सहयोगमा पौष १० गते मंगलवार भुकम्पबाट प्रभावित जिल्ला जाजरकोटको श्री पशुपती माध्यमिक विद्यालय कुसेपालीका मा करीव ७०/ ८० जना किशोरी तथा शिक्षिकाहरू लाई पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड (re-usable sanitary pad) बितरण गरिएको छ ।

केही महिना पहिले किर्गिजस्तान शाखाबाट शाखा की कोषाध्यक्ष तथा प्रशिक्षक मीना ज्ञवाली मार्फत महिनावारी शुरू हुने उमेर समूहका किशोरीले सामना गर्ने शारीरिक र मनोवैज्ञानिक परिवर्तन र महिनावारीको समयमा उचित सरसफाइ कायम राख्ने तरिकाबारे काठमाडौं र ललितपुरका विभिन्न विद्यालयहरूमा सचेतना मूलक प्रशिक्षण कार्यक्रम संचालन पनि गरेको थियो ।

सेनेटरी प्याड बितरण भएको जानकारी संघकी कोषाध्य़क्ष मीना ज्ञवालीले दिनु भयो ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha