
नवीनसञ्चार सम्वाददाता
साउदी अरब-गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबको साथमा प्रवासी नेपाली एकता समाज (पानस) साउदी अरबको समन्वय र नेपाली दूतावास रियादको सहकार्यमा नेपाली दूतावास रियाद बाट ५०० किलोमीटर टाढाको क्षेत्रलाई लक्षित आप्रवासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको पूर्वी प्रान्तको जुवैल स्थित २ दिने अस्थायी राहदानी शिविर सम्पन्न भएको छ।
२२ र २३ डिसेम्बरमा सम्पन्न भएको उक्त शिविरको पहिलो दिन ४ सय ८२ जना र दोस्रो दिन ३ सय २५ जना गरी कुल ८ सय ७ जनाको विद्युतीय राहदानीका लागि Live enrollment फारम संकलन गरीएको थियो ।
उक्त शिविर बाट सेवा प्राप्त गर्ने सेवाग्राहीहरूको सहजताको लागी निःशुल्क आवश्यक फारम भर्ने तथा फारम सम्बन्धि आवश्यक जानकारी दिँदै संघको तर्फ बाट एनआरएनए एनसीसी साउदीअरबको अध्यक्ष रबिना अर्याल, वरिष्ठ उपाध्यक्ष उमेश भट्टराई, महासचिव शुक्र मोक्तान, प्रमुख सल्लाहकार तेज बहादुर थापा र एनआरएनए आरसीसी पूर्वी क्षेत्रका क्षेत्रीय अध्यक्ष विष्णु भण्डारीले स्वयंसेवकको भूमिका निर्वाह गर्नु भएको थियो ।
अस्थायी शिविर सम्पन्न गर्न नेपाली दूतावास रियादका लागी प्रथम सचिव टोप नारायण गिरी ज्युको नेतृत्वमा नेपाली दूतावास रियादको टोली उपस्थित रहेको थियो भने स्वयंसेवकको रूपमा सहजीकरण र समन्वयकारी भूमिका निर्वाह गर्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबका अध्यक्ष रबिना अर्याल को नेतृत्वमा महासचिव शुक्र मोक्तान सदस्य दिपक ढुंगाना , कशिन्द्र पासमान , भिम कार्की , पदम महत ,गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद, मध्यपूर्व संयोजक राजेन्द्र अर्याल , सदस्य राम बहादुर क्षेत्रि , एनआरएनए अभियान्त श्री राजु सैयद , पूर्व महिला उपाध्यक्ष यस्मिन वैगम सैयद , गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साउदी अरबका प्रमुख संरक्षक ओम घले , साउदी अरबका प्रमुख सल्लाहकार तेज थापा , नेपाली जन प्रगतिशील मंच साउदी अरबका कार्यवाहक अध्यक्ष रामचन्द्र वाग्ले , भक्त कार्की , हरि बुढाथोकी , शिब बिक प्रवासी नेपाली एकता समाज (पानस) का अध्यक्ष कुवेर हुमागाईँ , उपाध्यक्ष मनोज धिमाल ,प्रवक्ता राजन प्रसाद ओझा , संघीय लोकतान्त्रिक रास्ट्रीय मंच सचिवालय सदस्य श्रीप्रसाद यावा लिम्बु , पूर्वि क्षेत्रिय समन्वय समितिका अध्यक्ष बिष्णु भण्डारी , हेल्प मधेसी साउदी अरबका अध्यक्ष रामदूलार मण्डल , वरिष्ठ उपाध्यक्ष श्याम कुमार महत्तो , नेपाली साझा मञ्च साउदी अरबका प्रतिनिधि दिनेश रम्तेल को उपस्थिति रहेको थियो ।
फोटो हरु……….