शुक्रबार, फाल्गुन ३०, २०८१ | March 14, 2025

झापाका घनेन्द्र सुबेदी नेपाल फिर्ता

झापाका घनेन्द्र सुबेदी नेपाल फिर्ता

  • Naveen Sanchar

  • शनिबार, अशोज ६, २०८०

  • 241
    Views
झापाका घनेन्द्र सुबेदी नेपाल फिर्ता

नवीनसञ्चार सम्वाददाता
साउदी अरब । झापाका घनेन्द्र सुबेदी नेपाल प्रस्थान गर्नुभएको छ । फ्लाई दुबई एयरलाइन्सको उडानबाट उहाँ एउटै कम्पनीमा कार्यरत भाइ शयाम सुवेदीसँग घर जानजुभएको छ । घर पठाउन Al Areedh कम्पनीले टिकट सहित २० वर्षको हिसाब किताब गरी ४४ हजार साउदी रियल उपलब्ध गराएको थियो । अस्वस्थताका कारण काम गर्न असमर्थ भएका कारण कम्पनीले उहाँलाई विदा गरेको थियो । झापाली समाज साउदी अरेबियाका अध्यक्ष राजेन्द्र थापा, सहसचिव राजु बराल र कम्पनीका सहकर्मीले विमानस्थलसम्मसँगै गई उहाँको विदाई गर्दै स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।केही दिन अघि रियादबाट बेपत्ता सुबेदीको झापाली समाज, साउदीका अध्यक्ष थापा र सहकोषाध्यक्ष सुजन घिमिरको सक्रियतामा सकुशल उद्दार गरिएको थियो । उद्दार कार्यमा सहयोग गर्ने सबैमा झापाली समाजले धन्यवाद ज्ञापन गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha