
काठमाडौँ । साउदी अरबमा रहेका नेपालीले आफ्नो मौलिक संस्कृतिको संरक्षणका लागि चाडपर्व मनाउने क्रम बढेको छ । साउदीस्थित पारिवारिक समाजले नेपाली महिलाको महान पर्व हरितालिका(तीज)को अवसरमा परदेशमा नेपालको झलक प्रस्तुत गर्दै विशेष साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । सो अवसरमा दर खाने कार्यक्रम समेत राखिएको छ । तीज विशेष नृत्य प्रस्तुतिका लागि विहीबार बेलुकीसम्म नाम दर्ता गराउन अनुरोध गरिएको छ । समारोहसँगै समाजको छैठौं वार्षिकोत्सव समेत मनाइने आयोजक संस्थाले जनाएको छ । आगामी ८ सेप्टेम्बरमा एक्जिट १८ मा दिउँसो १ बजे कार्यक्रम सञ्चालन हुनेछ ।