
काठमाडौँ । गैर आवासीय नेपाली संघ(एनआरएनए), राष्ट्रिय समन्यव परिषद साउदी अरबले नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीलाई प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देन मार्फत नेपाली श्रमिक सम्बन्धित पाँच बुँदे ज्ञापन पत्र बुझाएको छ। सांसद लिङ्देन नेपाली प्रवासी एकता मञ्च साउदी अरबको प्रथम वार्षिकोत्सव समारोहमा सहभागी हुन रियाद गएको अवसरमा संघका तर्फबाट अध्यक्ष रबिना अर्याल लगायतका पदाधिकारीहरूले ज्ञापनपत्र बुझाउनु भएको थियो ।’कुवेतबाट अवैध तरिकाले साउदीमा नेपाली घरेलु कामदारहरु अझै पठाउन ल्याउन रोकिएको छैन ।’ ज्ञापनपत्रमा भनिएको छ -‘महिला कामदारको विषयमा नेपाल सरकारको ध्यानाकर्षण होस्।’ ‘नेपाल सरकारले नागरिकको मौलिक हक अन्तर्गत जनतालाई जनार्दन भनिए पनि विदेशमा आउने नेपालीहरु लाई उपेक्षा गरेको छ, नागरिक स्वदेश विदेश जहाँ भए पनि नागरिक हक पाउनुपर्ने अधिकार हो । तसर्थ: प्रवासमा पनि मतदानको अधिकार प्रदान गरियोस ।’-ज्ञापनपत्रमा उल्लेख छ ।