शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

राजदूत सुवेदीसँग एनआरएनए र नेफिन साउदी अरबका पदाधिकारीको भेट

राजदूत सुवेदीसँग एनआरएनए र नेफिन साउदी अरबका पदाधिकारीको भेट

  • Naveen Sanchar

  • शनिबार, भदौ ९, २०८०

  • 283
    Views
राजदूत सुवेदीसँग एनआरएनए र नेफिन साउदी अरबका पदाधिकारीको भेट

काठमाडौँ । गैर आवासीय नेपाली संघ(एनआरएनए), राष्ट्रिय समन्वय परिषद्, साउदी अरब र नेपाल आदिवासी जनजाति महासंघ, साउदीका प्रतिनिधिले साउदी अरबका लागि नेपाली राजदूत नवराज सुवेदीसँग छुट्टाछुट्टै भेट गर्नुभएको छ । सो अवसरमा एनआरएनए साउदी अरबकी अध्यक्ष रबिना अर्यालको नेतृत्वमा प्रतिनिधिमण्डलसमक्ष राजदूत सुवेदीले नेपाली श्रमिक हकहितका लागि गर्दै आएको सहयोग र योगदानप्रति आभार प्रकट गर्नुभएको थियो ।भेटका अवसरमा अध्यक्ष अर्यालले साउदी अरबमा रहेका नेपाली श्रमिकको समस्या समाधान र श्रमिक हकहित, राहत र उद्दारका निम्ति राजदूतावाससँग विगतका वर्षमाझैँ सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।


त्यसैगरी नेपाल आदिवासी जनजाति महासंघ, साउदीका अध्यक्ष खेम गुरुङ्गको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले राजदूत सुवेदीसँग आफ्नो धर्म संस्कृतिको संरक्षण गर्दै साउदीमा रहेका नेपालीको हितमा सहकार्य गर्ने सम्बन्धमा छलफल गरेको नेपाली राजदूतावास, रियादले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha