शुक्रबार, कार्तिक ७, २०८३ | October 23, 2026

गैरआवासीय नेपाली दिवस मनाइयो

गैरआवासीय नेपाली दिवस मनाइयो

  • Naveen Sanchar

  • बुधबार, अशोज २८, २०८३

  • 80
    Views
गैरआवासीय नेपाली दिवस मनाइयो

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ, २८ असोज । गैर आवासीय नेपाली संघ (एनआरएनए)को २३औँ स्थापना दिवस तथा गैरआवासीय नेपाली दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ। दिवसका अवसरमा आइतबार बिहान काठमाडौंस्थित स्वयम्भूनाथ र पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजा गरिएको थियो। त्यसैगरी, संघको सचिवालयमा झण्डोत्तोलनकार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, संस्थापक महासचिव एवी संरक्षक भिम उदास ,संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसीं) तथा राष्ट्रिय समन्वय परिषद् (एनसीसीं)का वर्तमान पदाधिकारी, सल्लाहकार तथा पूर्वपदाधिकारीलगायत विभिन्नमुलुकबाट आउनुभएका गैरआवासीय नेपाली प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीको पनि सहभागिता रहेको थियो। कार्यक्रममा उहाँहरूले गैरआवासीय नेपाली दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो।
‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ अक्टोबर ११ मा स्थापना भएको संघले हरेक वर्ष अक्टोबर ११ मा गैरआवासीय नेपाली दिवस मनाउँदै आएको छ। यस दिवसले विश्वभर छरिएर रहेका नेपालीबीच आपसी एकता, सद्भाव र मातृभूमिप्रतिको सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha