लन्डन । बेलायतस्थित सामाजिक संस्था शान्ति नेपाली समाज बेलायतको आठौँ अधिवेशनबाट राजेशमणि लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। अक्टोबर ५, २०२६ मा सम्पन्न अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो।
नवगठित कार्यसमितिको उपाध्यक्षमा निसेन्त मान बज्राचार्य र पार्वती भण्डारी, महासचिवमा शशांक शर्मा, सचिवमा डीआर पराजुली, कोषाध्यक्षमा सुशीला दवाडी तथा सहकोषाध्यक्षमा राजन बस्याल चयन हुनुभएको छ।
त्यसैगरी, सदस्यहरूमा लक्ष्मण ढकाल, बमबहादुर नेपाली, पृथ्वीनारायण अर्याल, चन्द्र शाहनी, शालिग्राम सापकोटा ‘शिव’, गोपालबहादुर कुनुवार, हरिहर न्यौपाने, अनुज ढकाल, निरुता भट्ट, थर्कु कार्की, रामप्रसाद बेलबासे र रेशमबहादुर केसी निर्वाचित हुनुभएको छ।
अधिवेशनको उद्घाटन संस्थाका संरक्षक कोशलेश्वर ढकाल र रामप्रसाद न्यौपानेले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि तथा संरक्षक काशीनाथ शर्माले संस्थाले सामाजिक क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा सामाजिक सेवाका गतिविधि थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्ने वक्ताहरूले संस्थाको सामाजिक अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै स्पष्ट कार्ययोजना, दूरदर्शी सोच र जिम्मेवार नेतृत्वको आवश्यकतामाथि प्रकाश पार्नुभयो। उहाँहरूले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
शुभकामना मन्तव्य दिनेहरूमा कोशलेश्वर ढकाल, लीला थापा, प्रविण खराल, भोजराज भण्डारी, दिनेश कँडेल, दिनेश ढकाल, तारा लम्साल, बाबुराम सापकोटा, मुक्त अधिकारी, ठाकुर ज्ञवाली, जयन्ती उपाध्याय थापा, रणबहादुर क्षेत्री, नारायण आचार्य, गोविन्द सापकोटा, गोकर्ण हुमागाईं, विष्णु चालिसे, रामचन्द्र अधिकारी, कोपिला अधिकारी, सीता खरेल र राजन खनाललगायत हुनुहुन्थ्यो।
निर्वाचन समितिका संयोजक काउन्सिलर भीम सारु, सदस्य–सचिव केशव भण्डारी तथा सदस्य विष्णु चालिसेले नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र प्रदान गर्नुका साथै शपथ ग्रहण गराउनुभएको थियो।