बुधबार, अशोज २८, २०८३ | October 14, 2026

हेल्पलाइन नेपाल परोपकारी समाज साउदी अरबको भव्य उद्घाटन, राजकुमार राईको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति घोषणा

हेल्पलाइन नेपाल परोपकारी समाज साउदी अरबको भव्य उद्घाटन, राजकुमार राईको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति घोषणा

  • Naveen Sanchar

  • सोमवार, अशोज २६, २०८३

  • 56
    Views
हेल्पलाइन नेपाल परोपकारी समाज साउदी अरबको भव्य उद्घाटन, राजकुमार राईको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति घोषणा

नबिन सन्चार ड्ट कम रियाद, साउदी अरब।

साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूको हकहित संरक्षण, रोजगारीमा सहजीकरण, क्षमता विकास तथा सामाजिक सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको हेल्पलाइन नेपाल परोपकारी समाज साउदी अरबको प्रथम ऐतिहासिक उद्घाटन समारोह भव्यताका साथ सम्पन्न भएको छ।

गत शुक्रबार, ९ अक्टोबर २०२६ का दिन साउदी अरबको राजधानी रियादमा आयोजित विशेष समारोहमा संस्थाको औपचारिक उद्घाटन गरिएको हो। नेपाली राजदूतावास साउदी अरबका द्वितीय सचिव टंक राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा साउदी अरबमा क्रियाशील विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि तथा जिल्लागत, क्षेत्रगत र जातीय संस्थाका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

गैरनाफामूलक तथा परोपकारी भावनाबाट प्रेरित भएर स्थापना गरिएको यस संस्थाले साउदी अरबमा कार्यरत नेपालीहरूको व्यावसायिक विकास, रोजगारीको अवसर विस्तार, श्रमिकको हकहित संरक्षण तथा नेपालमा शिक्षा र सामाजिक सेवाका क्षेत्रमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ। संस्थाका नवनिर्वाचित महासचिव राज चेम्जोङ लिम्बुका अनुसार संस्थाले साउदी अरब र नेपाललाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्नेछ।

रोजगारी, श्रमिकको हकहित र सामाजिक सेवामा प्राथमिकता

संस्थाले साउदी अरबका विभिन्न सहर तथा कम्पनीमा कार्यरत सुपरभाइजरभन्दा माथिल्लो तहका नेपालीलाई आबद्ध गराई बलियो व्यावसायिक सञ्जाल निर्माण गर्ने लक्ष्य राखेको छ। साथै, सीप र योग्यता भएका बेरोजगार नेपालीलाई रोजगारीका अवसर उपलब्ध गराउन सहजीकरण गर्ने तथा हाल सामान्य पदमा कार्यरत भए पनि योग्यता, क्षमता र अनुभवका आधारमा उच्च जिम्मेवारी सम्हाल्न सक्ने नेपालीलाई उपयुक्त कम्पनीमा अवसर खोज्न सहयोग गर्ने जनाएको छ।

त्यसैगरी, साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूको हकहित, सुरक्षा र कल्याणका लागि आवश्यक पहल गर्ने, समस्यामा परेका नेपालीलाई सहयोग उपलब्ध गराउने तथा आवश्यकताअनुसार स्वदेश फिर्ती प्रक्रियामा सहजीकरण गर्ने संस्थाको उद्देश्य रहेको छ।

आपत्कालीन तथा विपद्का समयमा आर्थिक, नैतिक र भौतिक सहयोग उपलब्ध गराउनुका साथै नेपालका दुर्गम क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक विकासमा योगदान पुर्‍याउने र आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग प्रदान गर्ने लक्ष्यसमेत संस्थाले लिएको छ।

संस्थाले नेपाल सरकार, नेपाली राजदूतावास, विभिन्न भ्रातृ संगठन तथा साउदी अरबमा सक्रिय अन्य संघ–संस्थासँग समन्वय र सहकार्य गर्दै साझा उद्देश्य प्राप्तिका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ।

राजकुमार राईको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति

उद्घाटन समारोहसँगै राजकुमार राईको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कार्यसमिति तथा हेम सुवेदीको संयोजकत्वमा २३ सदस्यीय सल्लाहकार समिति घोषणा गरिएको छ। आवश्यकताअनुसार थप सदस्य मनोनयन गर्ने अधिकार नयाँ कार्यसमितिमा रहने संस्थाले जनाएको छ।

केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू

  • अध्यक्ष: राजकुमार राई
  • वरिष्ठ उपाध्यक्ष: सुजन श्रेष्ठ
  • उपाध्यक्षहरू: खोप राज दनाई, बिर सिंह मगर, मोती चेम्जोङ, सान्ता बिर तामाङ, चिरञ्जीवी बस्नेत, भीम सुवेदी, ध्रुव राज कटुवाल र रामप्रसाद बस्याल
  • महिला उपाध्यक्ष: कामना थापा मगर
  • महासचिव: राज चेम्जोङ लिम्बु
  • सचिव: अभिषेक सुन्दास
  • सहसचिवहरू: गोपाल आचार्य र समर्पण रमजान मिया
  • कोषाध्यक्ष: विनोद खत्री
  • सहकोषाध्यक्ष: छविलाल देवकोटा
  • प्रवक्ता: बसन्त राई
  • महिला संयोजक: स्वस्तिका थापा मगर
  • सांस्कृतिक संयोजक: जितबहादुर थापा
  • प्रचार–प्रसार विभाग प्रमुख: लोकेन्द्र खड्का

केन्द्रीय सदस्यहरू: हरि बस्नेत, रन्जित तामाङ, सुबेश शर्मा पण्डित, प्रेमकुमार गुरुङ, रामकुमार राई, प्रकाश गुरुङ, सबिन महर्जन, डमरबहादुर सोनार, जनकप्रसाद बजगाई, ओमलाल श्रेष्ठ, इशोर भण्डारी, राकेश महतो, हेमराज पर्धे, गोविन्दप्रसाद भट्टराई, जनक सेन, कृष्ण चौहान, शिवहरि भण्डारी, जाबिर शेख, हेमन्त नेपाली, सन्तोष यादव, अनिल आचार्य, रविन्द्रकुमार विश्वकर्मा, खगेन्द्र बराल र रीजय मण्डल।

हेम सुवेदीको संयोजकत्वमा सल्लाहकार समिति

संस्थाको सल्लाहकार समितिमा हेम सुवेदीलाई प्रमुख सल्लाहकारको जिम्मेवारी दिइएको छ।

सल्लाहकारहरू: रबिन गिरी, नागेश तामाङ, विज्ञान राई, रोमबहादुर लामा, तीर्थराज राई, चित्रकुमार राई, पासाङ शेर्पा, निरजकुमार सिंह, कुमार कार्की, पूर्णकुमार मगर, सन्जय मिश्रा, किरण चौधरी, अमर श्रेष्ठ, लोकेन्द्र घले, रोशन श्रेष्ठ, नविन मुडभरी, जितेन्द्र थपलिया, मौला इस्माइल, अमृत घिसिङ, कुल मगर, मनिष कोइराला र पारस काफ्ले।

सकारात्मक सुझाव र सहकार्यका लागि आह्वान

संस्थालाई आगामी दिनमा अझ सशक्त, पारदर्शी र प्रभावकारी बनाउन नेपाली समुदायबाट सकारात्मक तथा रचनात्मक सुझाव र सहयोगको अपेक्षा गरिएको छ। संस्थासम्बन्धी जिज्ञासा तथा सुझावका लागि आधिकारिक वेबसाइट Helplinenepal.com, इमेल Info@helplinenepal.com वा संस्थाको आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत सम्पर्क गर्न सकिने जनाइएको छ।

कार्यक्रममा उपस्थित अतिथि तथा प्रमुख अतिथिले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै संस्थाको उद्देश्यअनुसार अघि बढ्न, नेपाली श्रमिकको हितलाई प्राथमिकता दिन र सामाजिक सेवाका क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्न सुझाव दिएका थिए।

नवगठित संस्थाले साउदी अरबमा कार्यरत नेपाली समुदायबीच आपसी सहयोग, व्यावसायिक सहकार्य र सामाजिक एकतालाई थप सुदृढ बनाउँदै नेपाल र नेपालीको हितमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

नवीन सञ्चार डटकम
प्रवासीको आवाज, प्रवासबाटै।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha