बुधबार, भदौ ३, २०८३ | August 19, 2026

विष्णुदेवी मन्दिर पुननिर्माण गर्न क्षमापुजा सम्पन्न

विष्णुदेवी मन्दिर पुननिर्माण गर्न क्षमापुजा सम्पन्न

  • Naveen Sanchar

  • बुधबार, भदौ ३, २०८३

  • 34
    Views
विष्णुदेवी मन्दिर पुननिर्माण गर्न क्षमापुजा सम्पन्न

३ भाद्र, काठमाडौं । उपत्यकाको दक्षिण–पश्चिम भेगको ऐतिहासिक, धार्मिक र सांसकृतिक केन्द्र बःखुको विष्णुदेवी मन्दिर पुननिर्माण कार्यका लागि विधिपूर्वक क्षमापुजा गरिएको छ । आज बुधवार बिहान ९ बजेर १९ मिनेटको साईतमा मन्दिरका पुजारी राजु राजभण्डारीले सतुंगलका वयोबृद्ध थकाली जगतलाल श्रेष्ठको उपस्थितिमा क्षमापुजा सम्पन्न गरेको जनाएको छ ।
हाल चन्द्रागिरी नगरपालिका १५ वडामा अवस्थित सातगाउॅले जात्राको केन्द्र विष्णुदेवी मन्दिर पुननिर्माणका लागि चन्द्रागिरी नगरपालिकाले नगर गौरव योजनाअन्तर्गत बजेट विनियोजन गरि टेण्डर प्रक्रियासमेत सम्पन्न गरिसकेको जनाएको छ । क्षमापुजामा मच्छेगाउॅ र सतुंगललगायतका गुठी थकाली नायःहरुको सहभागिता रहेको पनि बताईएको छ । नेवाः वास्तुशैलीमा मन्दिर पुननिर्माण हुने कुराले सरोकारवाला समुदायह हर्षित देखिएपनि मंसिरमा हुने जात्रासम्म निर्माण कार्य पूरा हुने हो वा होइन भने चिन्ता पनि व्यक्त गरेका छन् ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha