शुक्रबार, साउन १, २०८३ | July 17, 2026

रियादमा जुलाई ३१ मा ‘दोस्रो रोम लामा सांगीतिक तथा बृहत् सांस्कृतिक कार्यक्रम’ आयोजना हुने

रियादमा जुलाई ३१ मा ‘दोस्रो रोम लामा सांगीतिक तथा बृहत् सांस्कृतिक कार्यक्रम’ आयोजना हुने

  • देबी बहादुर सुतारकार्की मध्यपुर्व संयोजक

  • शुक्रबार, साउन १, २०८३

  • 19
    Views
रियादमा जुलाई ३१ मा ‘दोस्रो रोम लामा सांगीतिक तथा बृहत् सांस्कृतिक कार्यक्रम’ आयोजना हुने

नबिन सन्चार रीयाद, साउदी अरेबिया

साउदी अरेबियाको रियादस्थित एक्जिट–१३ मा आगामी ३१ जुलाई २०२६ (शुक्रबार) ‘दोस्रो रोम लामा सांगीतिक तथा बृहत् सांस्कृतिक कार्यक्रम’ आयोजना हुने भएको छ।

नेपाली कला, संस्कृति तथा मौलिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने यस कार्यक्रममा विभिन्न जातजातिका मौलिक भेषभूषा, लोकसंगीत, सांस्कृतिक नृत्य तथा आकर्षक झाँकीहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।

आयोजकले साउदी अरेबियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई नेपाली कला र संस्कृतिको संरक्षणमा ऐक्यबद्धता जनाउन आग्रह गरेको छ। कार्यक्रमले नेपाली समुदायबीच आपसी सद्भाव, एकता तथा सांस्कृतिक आदानप्रदानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रम दिउँसो १२:०० बजेदेखि राति ९:०० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। साथै बथा (Batha) देखि कार्यक्रमस्थल (एक्जिट–१३) सम्म आउने–जाने निःशुल्क यातायात सुविधा पनि उपलब्ध गराइने आयोजकले जानकारी दिएको छ।

कार्यक्रम विवरण:

  • मिति: ३१ जुलाई २०२६ (शुक्रबार)
  • समय: दिउँसो १२:०० बजेदेखि राति ९:०० बजेसम्म
  • स्थान: एक्जिट–१३, रियाद, साउदी अरेबिया
  • प्रवेश: निःशुल्क
  • यातायात: बथा देखि कार्यक्रमस्थलसम्म निःशुल्क बस सेवा


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha