बुधबार, असार ३, २०८३ | June 17, 2026

कीर्तिपुरमा बाढीजन्य विपद्लक्षित ५ दिने उद्धार तालिम सम्पन्न

कीर्तिपुरमा बाढीजन्य विपद्लक्षित ५ दिने उद्धार तालिम सम्पन्न

  • Naveen Sanchar

  • बुधबार, असार ३, २०८३

  • 33
    Views
कीर्तिपुरमा बाढीजन्य विपद्लक्षित ५ दिने उद्धार तालिम सम्पन्न

३ असार, काठमाडौं । कीर्तिपुर नगरपालिकाले वृक्ष नेपाल नामक संस्थासंगको सहकार्यमा बाढीजन्य विपद्लक्षित ५ दिने उद्धार तालिम सम्पन्न गरेको छ । जेठ २९ देखि असार ३ सम्मको तालिममा कीर्तिपुर नगरपालिकाका २, ४, ६, ९ र १० वडाका सामुदायिक स्वयंसेवी तथा नगर प्रहरीहरुको सक्रिय सहभागिता रहेको जनाएको छ । वर्षायाम र नदी खहरे खोलाहरुमा बाढीजन्य विपद् आउन सक्ने सम्भावनालाई मध्यनजर गरि तत्काल द्रुत प्रतिकार्यका लागि दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको वृक्ष नेपालकी अध्यक्ष लुना थापाले बताउनुभयो । तालिममा सहभागीहरुलाई समापन कार्यक्रममा प्‌मुख अतिथि कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोलले प्रमाण–पत्र वितरण गर्नुभएको थियो । साथै कार्यक्रममा उद्धारमा प्रयोग हुने सामाग्रीहरुसमेत नगरपालिकालाई हस्तान्तरण गरिएको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha