मङ्लबार, साउन ५, २०८३ | July 21, 2026

काठमाडौं १२ मा चक्रमान डंगोलको प्रतिमा र स्मृति पार्क

काठमाडौं १२ मा चक्रमान डंगोलको प्रतिमा र स्मृति पार्क

  • Naveen Sanchar

  • सोमवार, जेष्ठ १८, २०८३

  • 137
    Views
काठमाडौं १२ मा चक्रमान डंगोलको प्रतिमा र स्मृति पार्क

जेठ १८, काठमाडौं । चक्रमान डंगोल स्मृति प्रतिष्ठानद्वारा समाजसेवी स्व. चक्रमान डंगोलले समाजमा पुर्‍याएको योगदानको कदर गर्दै काठमाडौं १२ वडा ह्यूमतमुनि विष्णुमति नदी किनार खोल्चा पाखामा निर्माण गरि चक्रमान डंगोल स्मृति पार्क उट्घाटन र प्रतिमाको अनावरण गरिएको छ । कार्यक्रम हिजो जेठ १७ गते आइतवारका दिन काठमाडौं महानगरपालकिा १२ वडाअध्यक्ष बालकृष्ण महर्जनको प्रमुख आतिथ्यता तथा प्रतिष्ठानका अध्यक्ष न्हुछे महर्जनको सभापतित्वमा सम्पन्न भएको बताईएको छ । कार्यक्रममा प्रमुख अतिथि महर्जनले स्व. डंगोलको योगदानको कदर पार्क र प्रतिमा निर्माणको काम हुनु सबैका लागि खुशीको कुरा भएको बताउनुभयो ।
कार्यक्रममा ज्यापु महागुठी नेपाःका केन्द्रीय अध्यक्ष सत्यनारायण डगोल, ज्यापु ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मंगल कृष्ण सिंह, महागुठी नेपाः, काठमाडौं महानगर समितिका अध्यक्ष पञ्च नारायण महर्जन, काठमाडौं ११ वडाअध्यक्ष हरिालाल तण्डुकार, र नारायण परविार क्लवका अध्यक्ष प्रचण्ड मान बज्राचार्य लगायतले मन्तव्य राख्नुभएको थियो ।
वरिष्ठ मूर्तिकार राजु तुलाधरद्वारा निर्मित प्रतिमा र पार्क निर्माण १२ वडाको आर्थिक सहयोगबाट बनेको बताईएको छ । प्रतिष्ठानका सदस्य शर्मिला सुवालले संचालन गर्नुभएको कार्यक्रममा बुद्धिजीवि, स्थानीयवासी र स्थानीय जनप्रतिनिधिहरुको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha