सोमवार, जेष्ठ १८, २०८३ | June 1, 2026

त्रिवि प्रिन्सिपल कार्यालयमा अनुसन्धानसम्बन्धी कार्यशाला

त्रिवि प्रिन्सिपल कार्यालयमा अनुसन्धानसम्बन्धी कार्यशाला

  • Naveen Sanchar

  • सोमवार, जेष्ठ १८, २०८३

  • 48
    Views
त्रिवि प्रिन्सिपल कार्यालयमा अनुसन्धानसम्बन्धी कार्यशाला

जेठ १८, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पस प्रिन्सिपलको कार्यालयद्बारा “Quantitative Data Analysis Methods and Tools in Research (SPSS & SmartPLS ” शीर्षकको ७ (सात) दिने कार्याशाला गोष्ठी आरम्भ भएको छ ।कार्याशालामा कसरी अनुसन्धान क्षमताको विकास, अनुसन्धान विधि, तथ्याङ्क संकलन र विश्लेषण विधि, अनुसन्धानमा कृत्रिम बौद्बिकताको उपयोग, सञ्चार सिप लगायतका अनुसन्धानात्मक दक्षता अभिबृद्बिमा केन्द्री रहने छ । उक्त कार्याशालामा त्रिविका विभिन्न शैक्षिक निकार्यमा संलग्नय युवा अनुसन्धानकर्मी शिक्षकहरु रहनुभएको छ ।
कीर्तिपुरस्थित प्रिन्सिपलको कार्यालयमा आयोजित कार्यशालाको उदघाटन गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा सुशील बहादुर बज्राचार्यले त्रिवि शिक्षणसँगै अनुसन्धानात्मक विश्वविद्यालय पनि रहेको, बार्षिक एकहजार भन्दा बढी अनुसन्धानमुलक लेखहरु उत्कृष्ट जर्नलहरुमा प्रकाशित हुँदै आइरहेको, अनुसन्धान संस्कृतिको विकाससँगै शिक्षकहरुको अनुसन्धान सम्वन्धमा चासो र सहभागिता बढेको बताउनुभयो । उहाँले एकीकृत तथ्याङ्क प्रणालीको अभावले विश्वविद्यालयको सक्रियताअनुरुप अन्तराष्ट्रीय प्रतिस्पर्धा र वरीयतामा थप मेहनेत गर्नुपर्ने बताउनुहुँदै कार्यशालामा सिकेका अनुसन्धान र प्रविधि सम्वन्धी ज्ञान कक्षाकोठा र विद्यार्थीको सिकाईमा समेत प्रतिविम्वित हुने अपेक्षा व्यक्त गर्नुभएको थियो । कार्यशालाको उदघाटनसत्रमा विश्वविद्यालय क्याम्पस कीर्तीपुरका प्रिन्सिपल प्रा.डा अक्कलदेव मिश्रले स्वागत मन्तव्य मार्फत कार्यशालाको उद्देश्यका बारेमा जानकारी गराउँनुभएको थियो । उहाँले शिक्षकहरुको अनुसन्धान क्षमता बढाउन तालिमले सहयोग पुर्याउने, प्रविधिको विस्तारसँगै अनुसन्धान पद्बतिमा आएको बहुआयामिक परिवर्तनका बारेमा अनुसन्धानकर्मीहरुलाई अभ्यस्त बनाउने अपेक्षा गरीएको बताउनुभएको थियो ।

कार्यशालाको उदघाटन कार्यक्रममा गणीत केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा चेतराज भट्टका साथै स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) का कार्यवहाक सभापति सनम वली लगायतले शुभकामना मन्तव्यक व्यक्त गर्नुभएको थियो । सात दिने कार्यशालामा डा.रमेश अधिकारी, डा. भरतसिंह थापा, डा.वेद प्रसाद ढकाल, डा. मेघराज बञ्जरा, डा.सिर्जनलाल श्रेष्ठ,डा.लीला न्याईंच्याईं,इन्जिनियर उज्वल कोइराला र डा.नारायण प्रसाद कोजुले सहजीकरण गर्नुहुने छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha