सोमवार, असार १५, २०८३ | June 29, 2026

किशोर–किशोरीमैत्री सार्वजनिक यातायातः एक बहस

किशोर–किशोरीमैत्री सार्वजनिक यातायातः एक बहस

  • Naveen Sanchar

  • सोमवार, जेष्ठ ११, २०८३

  • 150
    Views
किशोर–किशोरीमैत्री सार्वजनिक यातायातः एक बहस

११ जेठ, काठमाडौं । गाउॅ–घर होस् वा सहरमा नेपालजस्तो विकासोन्मुख देशहरुमा सार्वजनिक यातायात सेवा प्रयोगका कठिनाई धेरथोर जो कोहिले पनि भोगेकै हुन्छ । हाल ज्येष्ठ, नागरिक, अशक्त–अपांग वा महिलाका लागि सीटमा आरक्षणको ब्यवस्थाले आंशिक सकारात्मक सन्देश दिएपनि सर्वसाधारण यात्रुहरुले अनेक खालका समस्याहरु भोगिरहेका हुन्छन् । कोच्चिएर घन्टौं यात्रा गर्नुपर्ने सार्वजनिक यातायातमा खासगरि महिला र किशोरीहरु बढी असुरक्षित हुने समस्या देखिन्छ । यहि समस्यालाई लिएर त्रिभुवन विश्वविद्यालय, सामाजिक कार्य केन्द्रीय विभागमा तेस्रो सेमेष्टरमा अध्ययनरत छात्राहरुको समूहले किशोर–किशोरीमैत्री सार्वजनिक यातायात सेवाको विषयमा अभियान तथा कार्यक्रम अगाडि ल्याएको छ ।

कीर्तिपुरका सार्वजनिक यातायात सेवा किशोर–किशोरीमैत्री छ वा छैन भन्ने बहस गर्नुका साथै सरोकारवाला र स्थानीय सरकारसंगको सहकार्यमा यातायात सेवा सुधार र सर्वसाधारण यात्रुलाई सचेत गराउन विभिन्न कार्यक्रमहरु संचालन गर्ने जनाएको छ ।
सोहि सन्दर्भमा जेठ १० गते आईतवारका दिन उक्त समूहले कीर्तिपुर नगरपालिका कार्यालयको सभा कक्षमा नगर प्रमुख कृष्णमान डगोलको उपस्थितिमा कीर्तिपुरको रुटमा चल्ने सार्वजनिक यातायात सेवाका प्रतिनिधिहरुसमेतको सहभागितामा छलफल तथा अन्तर्क्रिया गरेको बताईएको छ । कार्यक्रममा नगरपालिकाका वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुको पनि सहभागिता रहेको बताईएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha