सोमवार, जेष्ठ ११, २०८३ | May 25, 2026

काठमाडौं १० रास्वपा दक्षिणकालीमा उमेश आचार्य निर्वाचित, चन्द्रागिरी र कीर्तिपुरले चुन्दै

काठमाडौं १० रास्वपा दक्षिणकालीमा उमेश आचार्य निर्वाचित, चन्द्रागिरी र कीर्तिपुरले चुन्दै

  • Naveen Sanchar

  • आइतवार, जेष्ठ १०, २०८३

  • 44
    Views
काठमाडौं १० रास्वपा दक्षिणकालीमा उमेश आचार्य निर्वाचित, चन्द्रागिरी र कीर्तिपुरले चुन्दै

१० जेठ, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी दक्षिणकाली नगरपालिकाको प्रथम नगर अधिवेशनबाट सभापतिमा उमेश आचार्य निर्वाचित भएका छन् । जेठ ९ गते
शनिबार सम्पन्न सो पार्टीको दक्षिणकाली नगर अधिवेशनले आचार्यको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको बताइएको छ । त्यसैगरि उपसभापतिमा गौतम फुयाल, सचिवमा उत्तम केसी चयन भएका छन् भने सहसचिवमा राजकुमार केसी चुनिएका छन् ।
सदस्यहरूमा क्रमश ललिता तामाङ, इन्द्रकुमारी पाण्डे, तारा विसुङ्खे, विनोद पौडेल, सानुभाइ महर्जन, श्यामहरि कुँवर, सुरेन्द्र खत्री चयन भएको रास्वपाले जनाएको छ । काठमाडौं १० निवाृचन क्षेत्रका बांकी दुईवटा नगर चन्द्रागिरी र कीर्तिपुरले क्रमशः जेठ १३ र १४ गते नगर समिति चयन गर्दै छ ।

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha