शुक्रबार, जेष्ठ ८, २०८३ | May 22, 2026

मच्छेनारायण मेलामा ध्वनी प्रदुषण नगर्न चन्द्रागिरी ९ को अनुरोध

मच्छेनारायण मेलामा ध्वनी प्रदुषण नगर्न चन्द्रागिरी ९ को अनुरोध

  • Naveen Sanchar

  • शुक्रबार, जेष्ठ ८, २०८३

  • 52
    Views
मच्छेनारायण मेलामा ध्वनी प्रदुषण नगर्न चन्द्रागिरी ९ को अनुरोध

८ जेठ, काठमाडौं । हाल काठमाडौंको चन्द्रागिरी नगरपालिकाको मच्छेगाउ‘मा जारी मत्स्यनारायण मेलामा ध्वनी प्रदुषण हुने कार्य नगर्न वडा कार्यालयले सूचित गरेको छ । चन्द्रागिरी नगरपालिका ९ नं. वडा कार्यालयद्वारा सार्वजनिक सूचना प्रकाशित गरि मेला क्षेत्रमा अत्यधिक ध्वनी प्रदुषण हुने कार्य नगर्न आयोजक, आगन्तुक, व्यवसायी र वडावासिमहरुमा अनुरोध गरेको हो । मन्दिर र मेला क्षेत्र वरपर माईक, स्पिकर उपकरणहरु असर पर्ने गरि प्रयोग नगरि मेला अवधि शान्त वातावरण कायम गरि सहयोग गर्न र गरेको पाईएमा प्रचलित कानूनबमोजिम कारवाही गरिने जानकारी वडाअध्यक्ष अच्युत अधिकारीढारा हस्ताक्षरित सूचनामा उल्लेख छ । जेठ ३ गतेबाट सुरु भएको पुरुषोत्तम मास मेला असार १ सम्म चल्ने बताईएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha