बिहिबार, जेष्ठ ७, २०८३ | May 21, 2026

उपत्यका प्रहरी र चन्द्रगिरी नगरपालिकाबीच सिसीटिभी जडानसम्बन्धी पत्रमा हस्ताक्षर

उपत्यका प्रहरी र चन्द्रगिरी नगरपालिकाबीच सिसीटिभी जडानसम्बन्धी पत्रमा हस्ताक्षर

  • Naveen Sanchar

  • बिहिबार, जेष्ठ ७, २०८३

  • 25
    Views
उपत्यका प्रहरी र चन्द्रगिरी नगरपालिकाबीच सिसीटिभी जडानसम्बन्धी पत्रमा हस्ताक्षर

७ जेठ,  काठमाडौँ । उपत्यकाको शान्ति सुरक्षालाई थप प्रविधिमैत्री र सुरक्षित बनाउन काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र चन्द्रगिरी नगरपालिका बीच सिसी टिभी (CCTV) जडान तथा सञ्चालन सम्बन्धी समझदारी-पत्र (MoU) मा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयको तर्फबाट कार्यालय प्रमुख एआईजी ईश्वर कार्की र चन्द्रगिरी नगरपालिकाको तर्फबाट नगर प्रमुख घनश्याम गिरीले उक्त समझदारी – पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान समेत गर्नुभयो ।

उपत्यकाको शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि सिसी टिभी क्यामरा विस्तार गर्ने र त्यसको निगरानी प्रहरी नियन्त्रण कक्षबाट गर्ने गरी साझेदारी गरिरहेको छ । स्रोतः ईश्वर दुलाल


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha