आइतवार, जेष्ठ ३१, २०८३ | June 14, 2026

हल्दीबारी जेसीजद्वारा सञ्चालित आरती राजवंशी स्मृति घर निर्माण अभियानमा अन्तर्राष्ट्रिय झापाली समाजको सहयोग

हल्दीबारी जेसीजद्वारा सञ्चालित आरती राजवंशी स्मृति घर निर्माण अभियानमा अन्तर्राष्ट्रिय झापाली समाजको सहयोग

  • Naveen Sanchar

  • मङ्लबार, जेष्ठ ५, २०८३

  • 139
    Views
हल्दीबारी जेसीजद्वारा सञ्चालित आरती राजवंशी स्मृति घर निर्माण अभियानमा अन्तर्राष्ट्रिय झापाली समाजको सहयोग

नबिन सन्चार झापा

हल्दीबारी जेसीजद्वारा सञ्चालित ‘स्व. आरती राजवंशी स्मृति घर निर्माण अभियान’ का लागि अन्तर्राष्ट्रिय झापाली समाजले आर्थिक सहयोग प्रदान गरेको छ ।

समाजले उक्त मानवीय कार्यका लागि नगद ३० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको हो । विगत केही समयदेखि हल्दीबारीमा विपन्न परिवारकी स्व. आरती राजवंशीको स्मृतिमा घर निर्माणको विशेष अभियान सञ्चालन भइरहेको छ ।

सोही अभियानलाई टेवा पुर्‍याउने उद्देश्यले अन्तर्राष्ट्रिय झापाली समाजले प्रदान गरेको सहयोग रकम हल्दीबारी जेसीजले एक कार्यक्रमका बीच ग्रहण गरेको जनाएको छ । आफ्नो स्थापनाको दोस्रो कार्यकालमै हल्दीबारी जेसीजले स्थानीय स्तरमा उदाहरणीय तथा मानवीय कार्यलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको छ ।

विभिन्न संघ–संस्था तथा समाजसेवीहरूसँग समन्वय गर्दै सुरु गरिएको यस घर निर्माण अभियानले स्थानीय समाजमा आपसी सहयोग, सहकार्य र सामाजिक उत्तरदायित्वको सकारात्मक सन्देश प्रवाह गरेको जेसीज नेतृत्वले जनाएको छ ।

सहयोगदाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजले लामो समयदेखि झापा जिल्लाभर विभिन्न सामाजिक तथा मानवीय क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । समाजले विपन्न विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण, खेलकुद विकास, एम्बुलेन्स सेवा सञ्चालन तथा शववाहन व्यवस्थापनलगायतका परोपकारी कार्यमा निरन्तर सहयोग गर्दै आएको छ ।

आफ्नो महत्त्वपूर्ण मानवीय अभियानमा साथ र सहयोग प्रदान गरेको भन्दै हल्दीबारी जेसीजले अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष, सम्पूर्ण कार्यसमिति तथा सहयोगीहरूप्रति हार्दिक कृतज्ञता तथा धन्यवाद व्यक्त गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha