मङ्लबार, असार २, २०८३ | June 16, 2026

कीर्तिपुर ट्राफिक प्रभाग प्रमुख प्रकाश गए, रवि आए

कीर्तिपुर ट्राफिक प्रभाग प्रमुख प्रकाश गए, रवि आए

  • Naveen Sanchar

  • मङ्लबार, जेष्ठ ५, २०८३

  • 116
    Views
कीर्तिपुर ट्राफिक प्रभाग प्रमुख प्रकाश गए, रवि आए

५ जेठ, काठमाडौं । ६–६ महिनामा ट्राफिक प्रहरी प्रमुखको नियमित सरुवा हुने प्रचलनअनुसार ट्राफिक प्रहरी प्रभाग, कीर्तिपुरको प्रमुख फेरिएको छ । यसअघि प्रमुख रहेका प्रहरी नायव निरीक्षक प्रकाश कडायतको जनसेवा प्रभागमा सरुवा भएको छ भने उनको ठाउ‘मा सई रवि थापा कीर्तिपुर हाजिर भएका छन् । थापा यसअघि सिंहदरबारमा कार्यरत रहेका थिए । छोटो अवधिमा ट्राफिक प्रमुख परिवर्तन हुने प्रचलनले नयॉ ठाउ‘को अवस्था बुझ्दा सरुवाको बेला हुने समस्याले ट्राफिक ब्यवस्थापनमा ठोस प्रगति नदेखिने तथा एउटाले सुरु गरेको आवश्यक वा राम्रो काम अर्को ब्यक्ति आउ‘दा प्राथमिकतामा नपर्ने समस्या देखिने गरेको सर्वसाधारणको धारणा रहेको छ । कीर्तिपुर बजारको सवारी आवागमन र पार्किङ व्यवस्थापन कीर्तिपुर ट्राफिकको मुख्य चुनौती बन्ने गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha