३ जेठ, काठमाडौं । भदौं २४ को जेन्जी प्रदर्शनमा देशभरिमै जलेको पहिलो भवन कीर्तिपुर नगरपालिकाको प्रमुख प्रशासकिय भवनको प्राविधिक प्रतिवेदन तयार भएको छ । कीर्तिपुर १० वडाको वर्षाहितिस्थित उक्त भवनको प्राविधिक अवस्यथा र पुननिर्माणको सम्भावनाबारे नगरपालिकाले पं्राविधिक अध्ययनका लागि जिम्मेवारी दिईएकोमा ८ महिनापछि जिम्मेवारी पाएको ईआरटेक प्रालिले आज जेठ ३ गते आईतवार कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि र प्राविधिक कर्मचारीहरुसमक्ष तयार प्राविधिक प्रतिवेदन प्रस्तुत गरेको हो ।
बिहान ११ बजे नगरपालिका कार्यालयको सभा हलमा नगर प्रमुख कृष्णमान ढंगोलको उपस्थितिमा प्रस्तुत गरिएको पतिवेदनमा भवनको क्षतिको प्राविधिक मूल्यांकन र पुननिर्माणको प्रविधि र सम्भावनाबारे विभिन्न विकल्पहरु प्रस्ताव गरिएको जनाएको छ । स्ट्रक्चरल टिममा ढा. पुरुषोत्तम डंगोल, डा. सुरज मल्ल र डा. अनिष भुजेल सहभागी रहेको र नगरपालिकाबाट प्राविधिक तथा योजना शाखाका ईं. कपिलदेव भट्ट, ई. सिमा पोखरेल र नक्सा शाखा प्रमुख ई. सुरज ओझाको उपस्थिति रहेको बताईएको छ । प्रतिवेदन प्रस्तुति प्रारम्भिक रहेको र विस्तृत छलफल गरिने नगर प्रमुख कृष्णमान डंगोलले जानकारी दिनुभयो ।