आइतवार, जेष्ठ ३, २०८३ | May 17, 2026

लागूऔषध नियन्त्रण र रोकथामबारे कीर्तिपुरमा समुदाय–प्रहरीबीच अन्तर्क्रिया

लागूऔषध नियन्त्रण र रोकथामबारे कीर्तिपुरमा समुदाय–प्रहरीबीच अन्तर्क्रिया

  • Naveen Sanchar

  • आइतवार, जेष्ठ ३, २०८३

  • 56
    Views
लागूऔषध नियन्त्रण र रोकथामबारे कीर्तिपुरमा समुदाय–प्रहरीबीच अन्तर्क्रिया

३ जेठ, काठमाडौं । हाल नेपाली समाजमा ब्याप्त लागूऔषध दुव्र्यसन र बेचबिखनको समस्यालाई लिएर कीर्तिपुर प्रहरी वृत्तले समुदायस्तरमा अन्तक्र्रिया गरेको छ । उपत्यकाको कीर्तिपुरको समाजमा पनि लागूऔषध बेचबिखन र दुव्र्यसन जटील बनेको अवस्थाप्रति गम्भिर बन्दै नियन्त्रण र रोकथामका लागि स्थानीय सरकार र समुदायको पनि महत्वपूर्ण भूमिका र सहयोगको आवश्यकता रहेको र साझा सहकार्यले मात्र सम्भव हुने भन्दै प्रहरी वृत्त, कीर्तिपुरद्वारा आज आईतवार वृत्त परिसरमा सामुदायिक प्रहरी सेवा केन्द्रसंगको सहकार्यमा लागूऔषध नियन्त्रण र रोकथामबारे समुदायस्तरमा अन्तर्क्रिया कार्यक्रम राखिएको जनाएको छ ।


वृत्त प्रमुख प्रहरी नायव उपरीक्षक शिवकुमार बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कीर्तिपुर नगरपालिका वडा ५, ८ र १० का वडाअध्यक्षहरु राजेन्द्रकुमार महर्जन, सानुमैंया महर्जन र नरेश महर्जन, सामुदायिक सेवा केन्द्र, कीर्तिपुर र ट्याङ्लाफॉट, औषधी ब्यवसायी र पुनस्थापना केन्द्रका प्रतिनिधिलगायत विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुले वर्तमान कीर्तिपुरको समस्या र समाधानका उपायबारे सुझाव राखेका थिए ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha