आइतवार, जेष्ठ ३, २०८३ | May 17, 2026

आज जेठ ३ बाट मलमास मत्स्यनारायणको एकमहिने मेला सुरु

आज जेठ ३ बाट मलमास मत्स्यनारायणको एकमहिने मेला सुरु

  • Naveen Sanchar

  • आइतवार, जेष्ठ ३, २०८३

  • 30
    Views
आज जेठ ३ बाट मलमास मत्स्यनारायणको एकमहिने मेला सुरु

३ जेठ, काठमाडौं । आज जेठ ३ गतेबाट अनला अर्थात् मलमास सुरु भएको छ । अधिक मास र पुरुषोत्तम मासको रुपमासमेत धार्मिक परम्परामा प्रख्यात यो महिनाभर काठमाडौंको मच्छेगाउ‘स्थित मत्स्यनारायण स्थानमा मेला लाग्दछ । भगवान् विष्णुले मत्स्यको अवतार लिएको मान्यता राख्ने चन्द्रमासको यो अवधि हरेक ३२ महिना १६ दिनमा एकपटक आउने ज्योतिषीहरुको भनाई रहेको छ । यो मासभर भक्तजनहरुले माछा, मासु बार्ने चलन रहिआएको छ भने कुनै कार्यको साईतसमेत नरहने मान्यता छ । चन्द्रागिरी ९ स्थित मच्छेगाउ‘को मत्स्यनारायण स्थान दर्शन गर्न बसपार्क वा कलंकी, बल्खुबाट सार्वजनिक यातायात चढेर पुग्न सकिन्छ । उपत्यका र देशभरबाट लाखौं भक्तजनहरु आउने मेला ब्यवस्थापनका लागि चन्द्रागिरी ९ वडा कार्यालय, सुरक्षा निकाय र स्थानीय संघ, संस्थाहरु महिनौंअघिदेखि तयारीमा जुट्दै आएको वडाअध्यक्ष अच्युत अधिकारीले बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha