सोमवार, असार १५, २०८३ | June 29, 2026

नेवाः मिसा दबूको तेस्रो वार्षिक साधारणसभा सम्पन्न, विभिन्न संस्था तथा ब्यक्तित्व सम्मानित

नेवाः मिसा दबूको तेस्रो वार्षिक साधारणसभा सम्पन्न, विभिन्न संस्था तथा ब्यक्तित्व सम्मानित

  • Naveen Sanchar

  • आइतवार, जेष्ठ ३, २०८३

  • 107
    Views
नेवाः मिसा दबूको तेस्रो वार्षिक साधारणसभा सम्पन्न, विभिन्न संस्था तथा ब्यक्तित्व सम्मानित

३ जेठ, काठमाडौं । नेवाः मिसा दबूको तेस्रो वार्षिक साधारणसभा तथा अधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । जेठ २ गते शनिवार कालिमाटीस्थित एफटेन बैंक्विटमा आयोजित सभाको प्रमुख अतिथि नेपालभाषा एकेडेमिका चान्सलर मल्ल के. सुन्दरले उद्घाटन गर्नुभयो । नेवाः देय् दबूका अध्यक्ष रश्मिला प्रजापति, नेपाल आदिवासि जनजाति महासंघका अध्यक्ष पेमा ह्याल्मो लामा, न्हुद‘ समारोह समिति ११४६ का अध्यक्ष प्रेमशान्ति तुलाधर र कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल विशेष अतिथि र नेवाः मिसा दबूका सल्लाकार एवं वागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, पूर्वसांसद सुशिला श्रेष्ठ, इन्दिरा श्रेष्ठ, बिमला प्रधान, साहित्यकार सुवर्णकेशरी चित्रकार तथा जलेश्वरी श्रेष्ठलगायत अतिथि रहनुभएको समारोहमा दबूको मुखपत्र “लसता–पौ” विमोचन गरिएको थियो । सभामा प्रथम नेवाः मिसा डिन कुसुम बज्राचार्य, प्रथम महिला भलिबल खेलाडी एवं प्रशिक्षक सलिना श्रेष्ठलाई विशेष सम्मान गरिएको जनाएको छ । साथै नगद रु. १० हजारसहित सम्मान र “रत्नदेवी प्रजापति सिरपाः” नेवाः मिसा दबू, ‘हरिदेवी सिरपाः’ पुरस्कार साहित्यकार अपर्णा प्रधान र बिनादेवी सिरपाः पुरस्कार कीर्तिपुरको शंखधर जेष्ठ नागरिक सेवा केन्द्रलाई प्रदान गरिएको दबूले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha