वैशाख ३१, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा सुशिल बहादुर बज्राचार्यलाई दिइएको छ । सम्माननीय प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले मिति २०८३।०१।३० गतेको निर्णायानुसार त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा दैनिक कार्य सञ्चालन गर्न इन्जिनियरिङ अध्ययन संस्थानको डीनको समेत कार्य गर्नेगरी उहाँलाई उपकुलपतिको जिम्मेवारी तोक्नुभएको हो । उपकुलपतिको जिम्मेवारी प्राप्त डीन प्रा.डा सुशिल बहादुर बज्राचार्यले २०८३।०१।३१ गते बिहिवार कीर्तिपुर स्थित उपकुलपतिको कार्यालयमा पदवहाली गर्नुभएको छ ।