२४ बैशाख, काठमाडौं । हिजो बैशाख २३ गते कीर्तिपुर १० वडाको ढोकासि टोलमा दिन दहाडै धारिलो हतियार प्रहार गरि बिपिन घिमिरेको ज्यान लिएको कसूरमा कीर्तिपुर प्रहरीले ३ जनालाई नियन्त्तणमा लिएको छ । कीर्तिपुर वृत्तकाअनुसार अछाम, सॉफेबगर नगरपालिका ४ घर भई कीर्तिपुर ९ भाजंगाल बस्दै आएका वर्ष २५ का महेन्द्र साह, कैलाली बर्दगोरिया गाउ‘पालिका ४ घर भई हाल कीर्तिपुर ९ पांगा दोबाटो बस्दै आएका वर्ष २३ का रविन धामी र कैलाली, घोडाधोडी नगरपालिका १ घर भई हाल कीर्तिपुर ७, पांगा हलनिज बस्दै आएका वर्ष २२ का रोशन विष्ट रहेको छ । घटनाको अनुसन्धानका लागि ७ दिन म्याद थप गरिएको पनि जनाएको छ ।
