२४ बैशाख, काठमाडौं । हावाहुरी र वर्षायाम नजिकिएसंगै कीर्तिपुर नगरपालिकाले सम्भावित विपद् पूर्वतयारी बैठक बसेको छ । हावाहुरीको मौसम र नजिकिएको वर्षायामले नगर क्षेत्रमा पुर्याउन सक्ने सम्भावित विपद्को पूर्वतयारी गर्न समयमै वन, विपद् तथा वातावरण समितिको बैठक बसेको सदस्य–सचिव तथा वन, विपद् र वातावरण शाखा प्रमुख ज्ञानवज्र महर्जनले जानकारी दिनुभयो । समितिका अध्यक्ष एवं ४ वडाअध्यक्ष राजेन्द्र वानियाको अध्यक्षतामा बसेको बैठकमा नगर प्रमुख कृष्णमान डंगोल र १० वडाअध्यक्ष नरेश महर्जनको उपस्थिति रहेको थियो ।

बैैठकमा हालै हावाहुरी तथा लगायतारको वर्षाले पुर्याएको क्षतिका बारेमा जानकारी तथा सम्भावित विपद्का लागि गर्नुपर्ने तयारीका विषयमा राष्ट्रिय दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पाटी र श्रम संस्कृति पार्टीका प्रतिनिधिलगायत नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी, कीर्तिपुर प्रहरी वृत्तका प्रतिनिधिहरुले आवश्यक पूर्वतयारी, जनशक्ति र स्रोत, साधनका बारेमा आ–आफ्नो धारणा राखेको जनाएको छ । बैठकको अन्त्यमा नगर प्रमुख डंगोलले आवश्यक सहयोग माग्न र पूर्ण तयारीमा रहन निर्देशन दिनुभएको जनाएको छ ।