बुधबार, बैशाख २३, २०८३ | May 6, 2026

रातो मच्छिन्द्रनाथको पुरातात्विक ‘हितीमंगः’ गायब!

रातो मच्छिन्द्रनाथको पुरातात्विक ‘हितीमंगः’ गायब!

  • Naveen Sanchar

  • बुधबार, बैशाख २३, २०८३

  • 7
    Views
रातो मच्छिन्द्रनाथको पुरातात्विक ‘हितीमंगः’ गायब!

२३ बैशाख, काठमाडौं । नेपालकै सर्वाधिक लामो जात्राको रुपमा चिनिने रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरमा जारी छ । १६ सय वर्षअघिदेखि वर्षा र सहकालको देवताको रुपमा आस्थाले पुजिंदै आएको रातो मच्छिन्द्रनाथ बुंग द्यः करुणामय पद्मपाणी लोकेश्वरको रथ यतिबेला लगनखेल नजिक थति टोलमा रहेको छ भने अब जावलाखेल पुर्‍याई रथयात्रा सम्पन्न गर्ने साईतको पर्खाईमा छ । तर जात्रा सम्पन्न हुने बेला हु‘दा रथको ‘हितीमंगः’ (धःमा लामो काठको दायॉ, बायॉ रहने तामाको पाता) गायब भएको दुःखद् खबर आएको छ । रथको अगाडी रहने नाग आकारको काठको दुबैतिर नागको गालाचित्र भएको एक जोडीमध्ये बायॉपट्टिको हितीमंगः फेला नपरेको गुठी संस्थान, ललितपुर शाखाले जनाएको छ ।
बैशाख २१ गतेको मितिमा गुठी संस्थान, ललितपुर शाखाले जिल्ला प्रहरी परिसर, ललितपुरलाई खोजतलासका लागि जाहेरी दिएपछि हितीमंगः गायब भएको कुरा खुलेको हो । संस्थानको पत्रमा भनिएको छ, रथयात्राका लागि लाने र सकेपछि ल्याउने गरेकोमा हाल बायॉ भागमा रहने कलात्मक बुट्टेदार प्राचीन तामाको पाता कार्यालय परिसर र भण्डार कोठामा नभेटिएको, चोरी भएको हुन सक्ने उल्लेख छ । महत्वपूर्ण पुरातात्विक वस्तु गायब भएको तथ्य रथायात्रा सुरु हुनुअगावै जानकारीमा नआउ‘दा सम्पदा तथा संस्कृतिप्रेमीहरु चिन्तित बनेका छन् ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha