बुधबार, असार ३१, २०८३ | July 15, 2026

नेपाली कन्सुलेट जेद्दा द्वारा खामिस मुशैतमा १ दिने राहदानी नवीकरण घुम्ती सेवा सम्पन्न

नेपाली कन्सुलेट जेद्दा द्वारा खामिस मुशैतमा १ दिने राहदानी नवीकरण घुम्ती सेवा सम्पन्न

  • देबी बहादुर सुतारकार्की मध्यपुर्व संयोजक

  • सोमवार, बैशाख २१, २०८३

  • 129
    Views
नेपाली कन्सुलेट जेद्दा द्वारा खामिस मुशैतमा १ दिने राहदानी नवीकरण घुम्ती सेवा सम्पन्न

साउदी अरेबिया खामिस नबिन सन्चार
अरबको दक्षिणी क्षेत्र खामिस मुशैतमा १ मे २०२६ का दिन नेपाली कन्सुलेट जनरल, जेद्दाको आयोजनामा १ दिने राहदानी नवीकरण घुम्ती सेवा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रम गैर आवासीय नेपाली संघ (NRNA), क्षेत्रीय समन्वय समिति असीर (खामिस–जीजान) को सहकार्यमा सञ्चालन गरिएको थियो।

घुम्ती सेवामा विभिन्न शहरहरूबाट आएका १६३ जना नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको राहदानी नवीकरणका लागि फारम संकलन गरिएको थियो। साथै, नवीकरण भई तयार भएका राहदानीहरू समेत सेवाग्राहीलाई वितरण गरिएको जानकारी प्राप्त भएको छ।

कार्यक्रममा नेपाली कन्सुलेट जेद्दाका उप–वाणिज्यदूत पूजन पाण्डे, कर्मचारीहरू राजु बास्कोटा, दिनेश पण्डित र सुजन वाग्ले, साथै कन्सुलेट प्रमुख पारस पण्डितको सक्रिय सहभागिता रहेको थियो।

उक्त सेवा सफल बनाउन योगदान पुर्‍याउनु हुने सम्पूर्ण कन्सुलेट परिवारप्रति आयोजक संस्था तथा स्थानीय नेपाली समुदायले हार्दिक धन्यवाद व्यक्त गरेका छन्। साथै, आगामी दिनहरूमा पनि यस्ता सेवा अझ सहज, छिटो र प्रभावकारी रूपमा नेपाली समुदायसम्म पुग्ने विश्वास व्यक्त गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha