शुक्रबार, बैशाख १८, २०८३ | May 1, 2026

आज बैशाख शुक्ल पूर्णिमा बुद्ध जयन्ती मनाइँदै

आज बैशाख शुक्ल पूर्णिमा बुद्ध जयन्ती मनाइँदै

  • Naveen Sanchar

  • शुक्रबार, बैशाख १८, २०८३

  • 5
    Views
आज बैशाख शुक्ल पूर्णिमा बुद्ध जयन्ती मनाइँदै

१८ बैशाख, काठमाडौँ । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७० औँ जयन्ती आज बुद्धको पूजा, आराधना गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । “अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो” भन्ने नाराका साथ गौतम बुद्धको २५७०औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाईंदै छ ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो ।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha