शुक्रबार, बैशाख ११, २०८३ | April 24, 2026

५ वर्षमुनिका बाल-बालिकामा अपांगता पहिचान गर्दै कीर्तिपुर नगरपालिका

५ वर्षमुनिका बाल-बालिकामा अपांगता पहिचान गर्दै कीर्तिपुर नगरपालिका

  • Naveen Sanchar

  • शुक्रबार, बैशाख ११, २०८३

  • 64
    Views
५ वर्षमुनिका बाल-बालिकामा अपांगता पहिचान गर्दै कीर्तिपुर नगरपालिका

११ बैशाख, काठमाडौं । कीर्तिपुर नगरपालिकाले नगरभित्रका ५ वर्षमुनिका बाल–बालिकाहरुमा अपांगता पहिचान (स्क्रिनिङ)को काम अघि बढाउने भएको छ । समाजमा विभिन्न कारण लुकेर बसेका अपांगता भएका बाल–बालिकाहरु पहिचान गर्नका लागि असल छिमेकी नेपालसंगको सहकार्यमा उक्त कार्यक्रम अघि बढाउन लागिर्एको हो । स्क्रिनिङ कार्यक्रमका लागि नगर क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी कर्मचारीहरुलाई परिचालन गर्ने जनाएको छ । आज बैशाख ११ गते शुक्रवार नगपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा बीच नगर प्रमुख कृष्णमान डंगोलले अपांगता पहिचान परीक्षण उपकरणसम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रमको शुभारम्भ गर्नुभयो । शुभारम्भ कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख डंगोलले अपांगता पहिचान कार्यक्रमले नगरलाई महत्वपूर्ण सहयोग पुग्ने बताउनुहुँदै राज्यबाट उपलब्ध गराउने सुविधा सहुलियतमा समेत सहज पहुँच हुने धारणा राख्नुभयो । शुभारम्भ कार्यक्रममा असल छिमेकी नेपालका उपाध्यक्ष हिरालाल ताम्राकारको पनि उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha