मङ्लबार, बैशाख ८, २०८३ | April 21, 2026

बोटल र जारको पानीमा गरिएको मूल्यबृद्धिको उपभोक्ता मञ्चद्वारा विरोध

बोटल र जारको पानीमा गरिएको मूल्यबृद्धिको उपभोक्ता मञ्चद्वारा विरोध

  • Naveen Sanchar

  • मङ्लबार, बैशाख ८, २०८३

  • 58
    Views
बोटल र जारको पानीमा गरिएको मूल्यबृद्धिको उपभोक्ता मञ्चद्वारा विरोध

८ बैशाख, काठमाडौं । नेपाल पानी उद्योग महासंघले हालै एक विज्ञप्ति जारी गर्दै बोटल र जारको पानीमा गरिएको मूल्यबृद्धिको राष्ट्रिय उपभोक्ता मञ्चले विरोध गरेको छ । मञ्चका केन्द्रीय अध्यक्ष एवं उपभोक्त अधिकारकर्मी प्रेमलाल महर्जनले मञ्चको तर्फबाट एक विञप्ति जारी गर्दै कच्चा पदार्थमा ४० प्रतिशतभन्दा बढी मूल्यबृद्धि भएको दावी गर्दै बोटलमा ४ रुपैंया र जारमा ५ रुपैंया थप गरिएको मूल्यबृद्धि अवास्तविक र तथ्यहिन भएको मञ्चको भनाई छ ।

विज्ञप्तिमा भनिएको छ, मूल्यबृद्धिको कारण कच्चा पदार्थ र पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि बहाना बनाईएपनि त्यो ऋस्वभाविक र अब्यवहारिक छ । पानीजस्तो उपभोक्तालाई दैनिक आवश्यक पर्ने आधारभूत वस्तुमा गरिएको यो मूल्यबृद्धि जनतामाथि ठूलो आर्थिक बोझ भएको भन्दै आम उपभोक्ताहरुको तर्फबाट विरोध गर्दै तत्काल मूल्यबृद्धि फिर्ता लिन र पारदर्शी तरिकाले लागत विश्लेषण सार्वजनिक गर्न माग गर्दै मूल्यबृद्धि फिर्ता नलिए विरोधका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी अध्यक्ष महर्जनद्वारा हस्ताक्षरित् विज्ञप्तिमा उल्लेख गरिएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha