८ बैशाख, काठमाडौं । वर्षा र सहकालको देवताको रुपमा पुजिंदै आएको रातो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुने भएको छ । बुंगढ द्यः करुणामयको नामलेसमेत चिनिंदै आएको पद्मपाणी लोकेश्वरको रथयात्रा आज ललितपुरको पुल्चोकबाट सुरु हु‘दैछ । पुल्चोकमा रथ निर्माण कार्य सम्पन्न भएको जनाएको छ । आज रथयात्राको पहिलो दिन पुल्चोकबाट गाःबहालसम्म तानिने जानकारी दिईएको छ । गत बैशाख ५ गते शनिवार प्रतिपदा तिथिका दिन मच्छिन्द्रनाथलाई रथारोहण गरिएको थियो । नेपालकै सर्वाधिक लामो जात्राको रुपमा लिईने यो जात्रा ललितपुरका मुख्य–मुख्य टोलहरु परिक्रमापछि रथलाई लगनखेलबाट जावलाखेल पु¥याई भोटो देखाएपछि जात्रा सम्पन्न गरिन्छ ।