सोमवार, भदौ २९, २०८३ | September 14, 2026

वैदेशिक रोजगार विभागले १२ वटा देशका लागि श्रम स्वीकृति पुनः खुला

वैदेशिक रोजगार विभागले १२ वटा देशका लागि श्रम स्वीकृति पुनः खुला

  • Naveen Sanchar

  • सोमवार, बैशाख ७, २०८३

  • 176
    Views
वैदेशिक रोजगार विभागले १२ वटा देशका लागि श्रम स्वीकृति पुनः खुला
Screenshot

काठमाडौ- बैदेशिक रोजगार विभागले १२ वटा देशका लागि श्रम स्वीकृति पुनः खुला गरिएको जनाएको छ।

विभागका अनुसार साउदी अरब, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की तथा इजरायलका लागि संस्थागत तथा व्यक्तिगत दुवै प्रकारका श्रम स्वीकृति सोमबारदेखि लागू हुने गरी खुला गरिएको हो। यसअघि गत फागुन १७ गतेदेखि उक्त प्रक्रिया स्थगित गरिएको थियो।  

पश्चिम एसियामा अमेरिका–इरानबीच बढेको तनावका कारण रोकिएको श्रम स्वीकृति पुनः सञ्चालनका लागि इमरजेन्सी रेस्पोन्स टिम (ईआरटी)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा मन्त्रीस्तरको निर्णयमार्फत श्रम स्वीकृति पुनः खुला गरिएको जनाइएको छ।  

यस निर्णयसँगै वैदेशिक रोजगारीमा जान इच्छुक नेपाली श्रमिकहरूका लागि पुनः प्रक्रिया सहज भएको सम्बन्धित निकायले जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha