२६ चैत, काठमाडौं । ललितपुरको पाटन दरबार स्क्वायरमा छुरा प्रहारबाट घाइते दुई युवकको मृत्यू भएको छ। झापा घर भई ललितपुर बस्ने ३३ वर्षीय सुमित नेम्वाङ र उनका २५ वर्षीय भाइ सिर्जन नेम्वाङको हत्या भएको ललितपुर प्रहरीले जनाएको छ । घटनामा संलग्न सञ्जीव नेपालीलाई नियन्त्रणमा लिएको ललितपुर जिल्ला प्रहरी परिसरले जनाएको छ । परिसरका अनुसार सिर्जनले अर्को व्यक्तिको नम्बर ठानेर डायल गर्दा सञ्जीव नेपालीको नम्बरमा फोन गएको थियो र सोहि
विषयमा उनीहरूबीच फोनमा विवाद भई भेटेर कुरा गर्ने भन्दै उनीहरू बुधबार दिउँसो ४ बजेतिर पाटन दरबारमा जम्मा भएका थिए । विवाद बढेपछि सञ्जीवले दुबैलाई छुरा प्रहार गरे । गम्भीर घाइते भएका नेम्वाङ दाजुभाइको उपचारका क्रममा बिएन्डबी अस्पतालमा मृत्यु भएको बतायो । घटना घटेको केही मिनेटमै प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो। तस्विरः न्यूजब्यूरो