१७ चैत, पॉचथर । जिल्ला प्रशासन कार्यालय, पाँचथरको आयोजना तथा राष्ट्रिय उपभोक्ता मञ्च, पाँचथरको सहआयोजनामा आयो नुनलगायत वस्तु तथा सेवा सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा फिदिम नगरपालिकाको मेयर मित्रप्रसाद काफ्ले प्रमुख आतिथ्यता रहनु भएको जनाएको छ । राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष एवं उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन अतिथि रहनुभएको अन्तक्रिया कार्यक्रममा पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद अधिकारी, घरेलु तथा साना उद्योग कार्यालयमा, पाँचथरका प्रमुख लोकेन्द्र फागु र राष्ट्रिय उपभोक्ता मञ्च, पाँचथरका अध्यक्ष सन्तोष तुम्बापोको उपस्थिति रहेको बताईएको छ ।
