सोमवार, चैत्र १६, २०८२ | March 30, 2026

त्रिविले प्रवासी नेपालीलाई अनलाइनमा पढाउने

त्रिविले प्रवासी नेपालीलाई अनलाइनमा पढाउने

  • Naveen Sanchar

  • सोमवार, चैत्र १६, २०८२

  • 32
    Views
त्रिविले प्रवासी नेपालीलाई अनलाइनमा पढाउने

काठमाडौं । चैत १६ त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले खुला ताथ दुर शिक्षा केन्द्र (ODL) अनलाइन माध्याम मार्फत प्रवासी नेपालीहरुमा उच्चशिक्षाको पहुँच विस्तार गर्ने भएको छ । नेपाली कामदारहरु अत्यधिक मात्रामा जाने खाँडीका ६ वटा देशहरु, जापान,कोरिया, दक्षिणपूर्वी एसिया र भारतका उत्तरीक्षेत्रमा कार्यरत प्रवासी नेपालीहरुलाई विश्वविद्यालयले नेपाल सरकारको सहयोगमा स्नातक तहका विषयहरु अध्यापन गराउन लागेको हो । त्रिवि उपकुलपतिको कार्यालय कीर्तीपुरमा आयोजित छलफल कार्यक्रममा उपकुलपति प्रा.डा दिपक अर्यालले खाँडीका देशहरुका साथै जापान, कोरीया सँगै दक्षिण पूर्वी एसियाका नेपालीमूलका वासिन्दा, भारतको उत्तरी क्षेत्रमा बसोवास गर्ने नेपालीभाषी समुदाय र प्रवासी नेपालीहरुलाई लक्षित गरी तत्कालको लागि व्यवस्थापन संकाय अन्तर्गतको (BBS) र नेपाली भाषा र मौलिक संस्कृतिका पक्षहरु समेटेर प्रयोगात्मकपरीक्षा आवश्यक नपर्ने नयाँ शैक्षिक कार्यक्रम निर्माण गरी अनलाइन कक्षा सञ्चालन गरिने बताउनुभएको थियो।

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा खडग के.सीले उच्चशिक्षाको आकांक्षा पुरा गर्न नसकि वाध्यामक रुपमा विदेसिएका नेपालीहरु लाभान्वित हुन सकुन भनेर २०८२।०८।१० गतेको त्रिवि सभामा पास भएको नीति बमोजिम प्रवासी नेपालीहरुलाई समेटेर खुला तथा दुर शिक्षा केन्द्रद्बारा अनलाइन सञ्चालन गर्न लागिएको बताउनुभयो । त्रिविका रजिष्ट्रार प्रा.डा केदार प्रसाद रिजालले सूचना तथा प्रविधिको अधिकतम प्रयोगगरी प्राविधिक विषयहरुसमेत अनलाइन माध्याम मार्फत अध्यापन गराउने सकिने, विभिन्न देशका विश्वविद्यालयहरुसँगको समझदारीमा विदाका दिन उक्त विश्वविद्यालयको प्रयोगशालासमेत प्रयोग गर्न सकिने लगायतका पर्याप्त सम्भावनाहरुको चर्चा गर्नुहुँदै विभिन्न देशमा वसोवास गर्दै आइरहेका प्रवासी नेपालीहरुको आवश्यकता सम्वन्धमा सर्वेक्षण गरी उपयुक्त योजनाका साथ कार्यान्वयन गर्ने बताउनभएको थियो।छलफलमा नेपाल सरकार,परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईले प्रवासी नेपालीहरुका लागी त्रिभुवन विश्वविद्यालयले उच्चशिक्षा उपलब्ध गराउने विषयको स्वागत गर्नुहुँदै परराष्ट्र मन्त्रालय आवश्यक सहजीकरणका लागी प्रतिवद्ब रहेको बताउनुभयो । उहाँले अनलाइन कक्षालाई नेपाल फर्केपछि पनि निरन्तरता दिन सक्ने गरी व्यवस्थाप गर्न, विद्युतिय पूर्वाधारमा थप लगानी गर्न र विश्व बजारको मागलाई सम्वोधन गर्नेगरी उपयुक्त पाठ्यक्रम निर्माण गर्न सुझाव दिनुभएको थियो । छलफलमा व्यवस्थापन सङ्कायका डीन प्रा.डा महानन्द चालीसे, मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन प्रा.डा दुविनन्द ढकाल र शिक्षाशास्त्र सङ्कायका डीन प्रा.डा वेदराज आचार्यले आवश्यक शैक्षिक कार्यविधि निर्माण र परिमार्जन गरी अनलाइन कक्षा सञ्चालन गर्न सकिने बताउनुभएको थियो।छलफलमा खुला तथा दुर शिक्षा केन्द्रका निर्देशक डा.पूर्ण बहादुर कडेलले अनलाइन कक्षाको उदेश्य र औचित्यको बारेमा जानकारी गराउँनुका साथै केन्द्रका उपनिर्देशक डा.इन्द्र राज उपाध्यायले अनलाइन कक्षाको तयारी, विधिहरु, व्यवस्थापन कार्यप्रणालीसँग सम्वन्धित विषय, परिक्षा सञ्चालन र मूल्याङ्कनका बारेमा समेटिएको संक्षिप्त जानकारीमुलक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha